२ कार्तिक २०८३, सोमबार । October 19, 2026

काठमाडौं १ बाट निर्वाचित प्रकाशमानको विजयी जुलुस


१० मंसिर २०७९, शनिबार  

9
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह सहितको टोलिले विजयी जुलुस निकालेको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा काँग्रेस नेता सिंह र प्रदेश सभामा निर्वाचन १ (१) मा काँग्रेसबाट नै दीपेन्द्र श्रेष्ठ र निर्वाचन १ (२) बाट काँग्रेसकै सुरजचन्द्र लामिछाने निर्वाचित भएका छन् । शुक्रवार निर्वाचन अधिृकृतले विजयी भएको प्रमाणपत्र दिएसँगै शनिबार नवनिर्वाचित टिमले वजयी जुलुस निकालेको हो । विजयी जुलुसको कार्यक्रम बानेश्वर बैंक्वेटबाट शुरु भइ ओखरबोट मार्ग, रत्नराज्य स्कुल, पूजा प्रतिष्ठान, भेनस हस्पिटल, सानो गौचरण, सेतो पुल, मैतीदेवी, सूर्योदय स्कुल, घट्टेकुलो, वरको बोट, पुतलीसडक, पद्योदय, भृकुटीमण्डप, भद्रकाली, सुनधारा, भोटेबहाल, विश्वनिकेतन, त्रिपुरेश्वर, थापाथली, आलोकनगर, प्रयागमार्ग, कोटेश्वर लगायत आफ्नो नर्वाचन क्षेत्रको परिक्रमा र मतदाताहरुसँग धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट नेता सिंह १२५ को झिनो मतान्तरले विजयी भएका हुन् । उानको निकटतम प्रतिद्वन्दीका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले ७ हजार १८ मत प्राप्त गरेका थिए । नेता सिंह वि.सं.२०५२ सालमा राष्ट्रिय सभा सदस्य बनेका थिए भने २०६५ र २०७० मा संविधान सभा सदस्य र २०७४ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि