३ आश्विन २०८३, शनिबार । September 19, 2026

काभ्रे २ मा बास्कोटा दोस्रोपटक विजयी


१० मंसिर २०७९, शनिबार  

9
Shares

काभ्रे । काभ्रेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका गोकुल बास्कोटा विजयी भएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई पराजित गर्दै बास्कोटा विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलका अनुसार सत्तागठबन्धनका साझा उम्मेदवार हुमागाईंलाई ५ हजार ९१७ मतान्तरले पछि पार्दै बास्कोटा निर्वाचित भएका हुन्। बास्कोटाले ४५ हजार ३४५ मत प्राप्त गर्दा हुमागाईले ३९ हजार ४२८ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाई १० हजार ५८६ मतसहित तेस्रो स्थानमा छन्। जीतसँगै बास्कोटाको संसदको यात्रा दोस्रो पटक सुरु भएको छ। अघिल्लो ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट बास्कोटा देशभरको तेस्रो ठूलो मतान्तरले विजयी भएका थिए। उनले त्यसबेला कांग्रेसका मधु आचार्यलाई पराजित गरेका थिए।

एमाले सरकारमा रहँदा बास्कोटा सरकारको प्रवक्ता एवं सूचना तथा संचार मन्त्रीसमेत भएका थिए।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ