७ बैशाख २०८३, सोमबार । April 20, 2026

चितवन -३ मा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे विजयी


१० मंसिर २०७९, शनिबार  

6
Shares

चितवन । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन् ।

शुक्रबार राति सम्पन्न मतगणनामा पाण्डे नौ हजार दुई सय ३३ मतान्तरका साथ विजयी भएका हुन् । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार डा भोजराज अधिकारीले २५ हजार आठ सय २२ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार आठ सय ४२ मत प्राप्त गरीन् ।

स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार दुई सय ७५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ९४ हजार दुई सय ८० मत खसेको थियो । यस्तै चितवन क्षेत्र नम्बर ३ प्रदेश २ मा नेकपा माओवादीका ठाकुर ढकाल विजयी भएका छन् ।

उनीले १५ हजार चार सय ६१ मत प्रप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी राप्रपाकी रीना गुरुङले १४ हजार छ सय १५ मत प्राप्त गरेकी छिन् । नेकपा (एमाले) की सरस्वती विष्टले १० हजार एक सय २४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशअन्तर्गतको यस क्षेत्रमा ४४ हजार ६८ मत खसेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १० : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित