२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

विश्वकप फुटबल: इरानद्वारा वेल्स पराजित



एजेन्सी । इरानले वेल्सलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित दर्ता गराएको छ ।

कतारको अहमद बिन अलि स्टेडियममा शुक्रबार भएको खेलमा वेल्सलाई २–० गोल अन्तरले हराउँदै इरानले पहिलो जित दर्ता गरेको हो । इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले समान एक एक गोल गरे । दुबै गोल खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा भएको थियो । खेलको ९८औँ मिनेटमा चेस्मीले गोल गर्दै इरानलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको १०१औँ मिनेटमा रामिनले गोल गर्दै इरानलाई २–० को जित दिलाए ।

यस्तै खेलको ८६औँ मिनेटमा वेल्स १० खेलाडीमा समेटिएको थियोे । इरानका तारेमी मेहदीलाई पेनाल्टी क्षेत्रबाहिर फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले वेल्सका गोलकिपर वायन हेनेसीलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाएका थिए । यस जितसँगै इरानले दुई खेलमा तीन अङ्क जोडेको छ । इरानले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ । पहिलो खेलमा इरान इङ्ग्ल्यान्डसँग ६–२ ले पराजित भएको थियो ।

वेल्सले दुई खेलमा एक अङ्क जोडेको छ । वेल्स पहिलो खेलमा अमेरिकासँग एक–एक गोलको बराबरीमा रोकिएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ