३० बैशाख २०८३, बुधबार । May 13, 2026

विश्वकप फुटबल: इरानद्वारा वेल्स पराजित


९ मंसिर २०७९, शुक्रबार  

6
Shares

एजेन्सी । इरानले वेल्सलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित दर्ता गराएको छ ।

कतारको अहमद बिन अलि स्टेडियममा शुक्रबार भएको खेलमा वेल्सलाई २–० गोल अन्तरले हराउँदै इरानले पहिलो जित दर्ता गरेको हो । इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले समान एक एक गोल गरे । दुबै गोल खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा भएको थियो । खेलको ९८औँ मिनेटमा चेस्मीले गोल गर्दै इरानलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको १०१औँ मिनेटमा रामिनले गोल गर्दै इरानलाई २–० को जित दिलाए ।

यस्तै खेलको ८६औँ मिनेटमा वेल्स १० खेलाडीमा समेटिएको थियोे । इरानका तारेमी मेहदीलाई पेनाल्टी क्षेत्रबाहिर फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले वेल्सका गोलकिपर वायन हेनेसीलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाएका थिए । यस जितसँगै इरानले दुई खेलमा तीन अङ्क जोडेको छ । इरानले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ । पहिलो खेलमा इरान इङ्ग्ल्यान्डसँग ६–२ ले पराजित भएको थियो ।

वेल्सले दुई खेलमा एक अङ्क जोडेको छ । वेल्स पहिलो खेलमा अमेरिकासँग एक–एक गोलको बराबरीमा रोकिएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली