१ जेष्ठ २०८२, बुधबार । May 15, 2025

सुन र नगद लुटपाट गर्ने गिरोह पक्राउ



काठमाडौं । नेपाल प्रहरीले सुन, नगद र हिराका बहुमूल्य गरगहना लुटपाट गरी फरार गिरोहलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ महानगरपालिका वडा नं ३ वसुन्धरास्थित मधुरविक्रम खनालको घरमा प्रवेश गरी सुन, नगद र हिराका बहुमूल्य गरगहना लुटपाट गरी फरार १० जनालाई पक्राउ गरी बिहिबार सार्वजनिक गरेको हो । पक्राउपर्नेमा कालीकोटका २९ वर्षीय धनबहादुर शाही, ३२ वर्षीय पर्वराज सिंह, २३ वर्षीय गङ्गाबहादुर शाही, २६ वर्षीय नेत्रबहादुर शाही, २७ वर्षीय पञ्चबहादुर सिंह, २४ वर्षीय तिलकबहादुर शाही, जुम्लाका २० वर्षीय विशाल शाही, रामेछापका २४ वर्षीय सुवर्ण मगर, सुर्खेतका १९ वर्षीय कविता बुढा र २१ वर्षीय दिपिका मल्ल शाही रहेका छन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले बिहिबार पत्रकार सम्मेलन गरी योजनाबद्धरुपमा लुटपाट गरिएको जानकारी दिएको हो ।

सम्मेलनमा परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले खनालकी श्रीमती नन्दा मल्ल र घरमा भएका अन्य व्यक्तिलाई नियन्त्रणमा लिएर धारिलो हतियार खुकुरी, हतौडा र रडको प्रयोग गरी सख्त घाइते बनाई नगद, सुन र हिराका बहुमूल्य गरगहना लुटपाट गरिएको जानकारी दिए । “उक्त घटना खनालका परिवारबाट चिनजान भएका व्यक्तिको नै संलग्नता देखिएको पाइएको छ, घरमा काम गर्ने व्यक्तिकोसमेत संलग्नता देखिन्छ”, उनले भने । प्रहरीले पक्राउ परेका व्यक्तिसँग ३८.५ तोला लेखिएको सुनको गिलास, सुनको तिलहरि एक थान, सुनको नौगेडी दुई थान, हिराको हार तीन थान, हतौडा एक थान, चक्कु दुई थान र रु एक लाख १३ हजार ५०० बरामद गरेको छ ।

पक्राउ परेकालाई मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–२० को चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको परिसरका प्रमुख बोहोराले बताए।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ६ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लगातार चौथो दिन पनि घट्यो सेयर बजार, कति पुग्यो कारोबार रकम ?

काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको क्रम बुधबार पनि जारी

पुम्दिकोटमा नगर बस दुर्घटनाः २० यात्रु घाइते, ४ को अवस्था गम्भीर

पुम्दिकोट । पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा बुधबार दिउँसो नगर बस दुर्घटना

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट पुनः ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको

क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको घोषणा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सन्दीप लामिछानेले नेपाल

मखनटोलमा आगलागी अपडेटः मृत्यु हुने काभ्रेकी विष्णु अधिकारी

काठमाडौं । काठमाडौं महानगरपालिका–२४, मखनटोलस्थित सुरज आर्केड पछाडिका दुई घरमा