३१ जेष्ठ २०८३, आइतबार । June 15, 2026

सुन र नगद लुटपाट गर्ने गिरोह पक्राउ


८ मंसिर २०७९, बिहिबार  

6
Shares

काठमाडौं । नेपाल प्रहरीले सुन, नगद र हिराका बहुमूल्य गरगहना लुटपाट गरी फरार गिरोहलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ महानगरपालिका वडा नं ३ वसुन्धरास्थित मधुरविक्रम खनालको घरमा प्रवेश गरी सुन, नगद र हिराका बहुमूल्य गरगहना लुटपाट गरी फरार १० जनालाई पक्राउ गरी बिहिबार सार्वजनिक गरेको हो । पक्राउपर्नेमा कालीकोटका २९ वर्षीय धनबहादुर शाही, ३२ वर्षीय पर्वराज सिंह, २३ वर्षीय गङ्गाबहादुर शाही, २६ वर्षीय नेत्रबहादुर शाही, २७ वर्षीय पञ्चबहादुर सिंह, २४ वर्षीय तिलकबहादुर शाही, जुम्लाका २० वर्षीय विशाल शाही, रामेछापका २४ वर्षीय सुवर्ण मगर, सुर्खेतका १९ वर्षीय कविता बुढा र २१ वर्षीय दिपिका मल्ल शाही रहेका छन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले बिहिबार पत्रकार सम्मेलन गरी योजनाबद्धरुपमा लुटपाट गरिएको जानकारी दिएको हो ।

सम्मेलनमा परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले खनालकी श्रीमती नन्दा मल्ल र घरमा भएका अन्य व्यक्तिलाई नियन्त्रणमा लिएर धारिलो हतियार खुकुरी, हतौडा र रडको प्रयोग गरी सख्त घाइते बनाई नगद, सुन र हिराका बहुमूल्य गरगहना लुटपाट गरिएको जानकारी दिए । “उक्त घटना खनालका परिवारबाट चिनजान भएका व्यक्तिको नै संलग्नता देखिएको पाइएको छ, घरमा काम गर्ने व्यक्तिकोसमेत संलग्नता देखिन्छ”, उनले भने । प्रहरीले पक्राउ परेका व्यक्तिसँग ३८.५ तोला लेखिएको सुनको गिलास, सुनको तिलहरि एक थान, सुनको नौगेडी दुई थान, हिराको हार तीन थान, हतौडा एक थान, चक्कु दुई थान र रु एक लाख १३ हजार ५०० बरामद गरेको छ ।

पक्राउ परेकालाई मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–२० को चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको परिसरका प्रमुख बोहोराले बताए।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ६ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन-३ः पोखरा एभेन्जर्सले भुर्तेलसहित ७ खेलाडीलाई गर्यो रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि

फिफा विश्वकप २०२६ः स्विट्जरल्यान्डसँग रेमाञ्चक बराबरीमा कतार

काठमाडौं। फिफा विश्वकप २०२६ मा समूह ‘बी’ अन्तर्गत आइबार राति

एनपीएल सिजन ३ः कर्णाली याक्समा मार्की सोमपालसहित सात खेलाडी रिटेन

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को लागि कर्णाली

फिफा विश्वकप २०२६ः मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय