२० फाल्गुन २०८१, मंगलबार । March 5, 2025

निर्वाचन अपडेट

समानुपातिकतर्फ एमाले अगाडि



काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता देखिएको छ ।

बुधबार अपराह्न ५ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले दुई लाख ५४ हजार दुई मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले दुई लाख ३० हजार तीन सय ७०, राष्ट्रिय स्वतन्त्र पार्टी नेपालले एक लाख २० हजार चार सय १७, नेकपा (माओवादी केन्द्र) ले एक लाख पाँच हजार एक सय ९१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६२ हजार एक सय ५१, नेपाल मजदुर किसान पार्टीले २० हजार एक सय ५७, जनता समाजवादी पार्टी नेपालले १९ हजार आठ सय ५०, जनमत पार्टीले १८ हजार ४७, नागरिक उन्मुक्ति पार्टीले १२ हजार छ सय २७ र नेकपा (एकीकृत समाजवादी) पार्टीले १४ हजार पाँच सय आठ मत प्राप्त गरेको छ ।

प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले ६३ हजार आठ सय ४०, कांग्रेसले ५७ हजार दुई सय ६२, माओवादी केन्द्रले २४ हजार दुई सय ९१, राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार चार सय ८४ र जनता समाजवादी पार्टी, नेपालले नौ हजार तीन सय २९ मत प्राप्त गरेका छन् । मधेस प्रदेशमा कांग्रेसले १५ हजार सात सय २९, एमालेले १३ हजार नौ सय ५८, जनमत पार्टीले ११ हजार नौ सय १७, जनता समाजवादी पार्टी नेपालले छ हजार नौ सय १३ र माओवादी केन्द्रले चार हजार आठ सय नौ मत प्राप्त गरेको छ । बागमती प्रदेशमा एमालेले ३२ हजार तीन सय ५२, कांग्रेसले ३० हजार तीन सय छ, राष्ट्रिय प्रजातन्त्र पार्टीले १७ हजार सात सय ८१, माओवादी केन्द्रले १५ हजार छ सय ११ र नेपाल मजदुर किसान पार्टीले १५ हजार दुई सय ५५ मत प्राप्त गरेका छन् ।

गण्डकीमा एमालेले ६६ हजार चार सय ७०, कांग्रेसले ५२ हजार चार सय ७०, माओवादी केन्द्रले २३ हजार एक सय ५२, राष्ट्रिय प्रजातन्त्र पार्टीले १२ हजार दुई सय ६७ र नेकपा (एकीकृत समाजवादी) पाँच हजार तीन सय ४० मत प्राप्त गरेको छ । लुम्बिनी प्रदेशमा एमालेले ८२ हजार तीन सय ७३, कांग्रेसले ६५ हजार छ सय ३१, माओवादी केन्द्रले २२ हजार छ सय ७०, राप्रपाले १७ हजार दुई सय ४४, नागरिक उन्मुक्ति पार्टीले सात हजार चार सय ६५ मत प्राप्त गरेको छ । कर्णालीमा माओवादीले छ हजार आठ सय ५१, एमालेले तीन हजार चार सय ५३, कांग्रेसले दुई हजार दुई सय ६६, राप्रपाले पाँच सय ५९ र नेपाल मजदुर किसान पार्टी पाँच सय ३५ मत प्राप्त गरेको छ ।

सुदूरपश्चिम प्रदेशसभाको समानुपातिकतर्फको मत आयोगको प्रणालीमा प्रविष्ट हुन सकेको छैन ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले