४ असार २०८३, बिहिबार । June 19, 2026

निर्वाचन अपडेट

समानुपातिकतर्फ एमाले अगाडि


७ मंसिर २०७९, बुधबार  

6
Shares

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता देखिएको छ ।

बुधबार अपराह्न ५ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले दुई लाख ५४ हजार दुई मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले दुई लाख ३० हजार तीन सय ७०, राष्ट्रिय स्वतन्त्र पार्टी नेपालले एक लाख २० हजार चार सय १७, नेकपा (माओवादी केन्द्र) ले एक लाख पाँच हजार एक सय ९१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६२ हजार एक सय ५१, नेपाल मजदुर किसान पार्टीले २० हजार एक सय ५७, जनता समाजवादी पार्टी नेपालले १९ हजार आठ सय ५०, जनमत पार्टीले १८ हजार ४७, नागरिक उन्मुक्ति पार्टीले १२ हजार छ सय २७ र नेकपा (एकीकृत समाजवादी) पार्टीले १४ हजार पाँच सय आठ मत प्राप्त गरेको छ ।

प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले ६३ हजार आठ सय ४०, कांग्रेसले ५७ हजार दुई सय ६२, माओवादी केन्द्रले २४ हजार दुई सय ९१, राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार चार सय ८४ र जनता समाजवादी पार्टी, नेपालले नौ हजार तीन सय २९ मत प्राप्त गरेका छन् । मधेस प्रदेशमा कांग्रेसले १५ हजार सात सय २९, एमालेले १३ हजार नौ सय ५८, जनमत पार्टीले ११ हजार नौ सय १७, जनता समाजवादी पार्टी नेपालले छ हजार नौ सय १३ र माओवादी केन्द्रले चार हजार आठ सय नौ मत प्राप्त गरेको छ । बागमती प्रदेशमा एमालेले ३२ हजार तीन सय ५२, कांग्रेसले ३० हजार तीन सय छ, राष्ट्रिय प्रजातन्त्र पार्टीले १७ हजार सात सय ८१, माओवादी केन्द्रले १५ हजार छ सय ११ र नेपाल मजदुर किसान पार्टीले १५ हजार दुई सय ५५ मत प्राप्त गरेका छन् ।

गण्डकीमा एमालेले ६६ हजार चार सय ७०, कांग्रेसले ५२ हजार चार सय ७०, माओवादी केन्द्रले २३ हजार एक सय ५२, राष्ट्रिय प्रजातन्त्र पार्टीले १२ हजार दुई सय ६७ र नेकपा (एकीकृत समाजवादी) पाँच हजार तीन सय ४० मत प्राप्त गरेको छ । लुम्बिनी प्रदेशमा एमालेले ८२ हजार तीन सय ७३, कांग्रेसले ६५ हजार छ सय ३१, माओवादी केन्द्रले २२ हजार छ सय ७०, राप्रपाले १७ हजार दुई सय ४४, नागरिक उन्मुक्ति पार्टीले सात हजार चार सय ६५ मत प्राप्त गरेको छ । कर्णालीमा माओवादीले छ हजार आठ सय ५१, एमालेले तीन हजार चार सय ५३, कांग्रेसले दुई हजार दुई सय ६६, राप्रपाले पाँच सय ५९ र नेपाल मजदुर किसान पार्टी पाँच सय ३५ मत प्राप्त गरेको छ ।

सुदूरपश्चिम प्रदेशसभाको समानुपातिकतर्फको मत आयोगको प्रणालीमा प्रविष्ट हुन सकेको छैन ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा