६ कार्तिक २०८३, शुक्रबार । October 24, 2026

गुल्मीको क्षेत्र नं २ मा एमालेका विष्ट विजयी


७ मंसिर २०७९, बुधबार  

6
Shares

गुल्मी । गुल्मी क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्ट विजयी भएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा एमाले विजयी भएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए । क्षेत्र नं २ अन्तर्गत प्रतिनिधिसभामा एमालेका विष्टले २८ हजार पाँच सय ८५ मत प्राप्त गरी विजयी बनेका हुन् । त्यस्तै गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीकी रामकुमारी झाक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गरेकी छिन्।

गुल्मी क्षेत्र नं २ (१) मा एमालेका डिल्लीराज भुसाल विजयी भएका छन् । भुसालले १४ हजार एक सय ३० मत प्राप्त गरेका थिए भने गठबन्धनका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १३ हजार आठ सय ८० प्राप्त गरेका थिए । त्यस्तै गुल्मी क्षेत्र नं २ (२) मा एमालेका उम्मेदवार दिनेश पन्थी विजयी भएका छन् ।

पन्थीले १३ हजार नौ सय २९ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार बुद्धि जिसीले १३ हजार आठ सय १९ मत प्राप्त गरेका छन् । झिनो मतले गठबन्धनका उम्मेदवार जिसी पराजित भएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि