२० फाल्गुन २०८१, मंगलबार । March 5, 2025

प्रतिनिधिसभा समानुपातिकतर्फ ‘रास्वपा’ तेस्रो स्थानमा



काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म तेस्रो स्थानमा रहेको छ ।

समानुपातिकतर्फ बुधबार बिहानसम्मको मतगणनामा नेकपा (एमाले) पहिलो, नेपाली कांग्रेस दोस्रो र रास्वपा तेस्रो स्थानमा देखिएको हो । निर्वाचन आयोगका अनुसार बुधबार बिहान ५ बजेसम्ममा समानुपातिकतर्फ एमालेको एक लाख ८९ हजार छ सय ६२, कांग्रेसको एक लाख ६७ हजार तीन सय ८६ र रास्वपाको ८६ हजार २४ मत रहेको छ । समानुपातिकतर्फको मतगणनामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) लगायत दलहरू रास्वपाभन्दा पछाडि छन् ।

निर्वाचन आयोगका अनुसार माओवादी केन्द्र ८० हजार दुई सय मतसहित चौथो र राप्रपा ४५ हजार पाँच सय ९६ मतसहित पाँचौँ स्थानमा छ । त्यस्तै छैटौँ स्थानमा रहेको जनमत पार्टीले समानुपातिकतर्फ १४ हजार तीन सय ७८ मत पाएको छ । सातौँ स्थानको जसपाले १३ हजार नौ सय ७९, आठौँ स्थानको नेपाल मजदुर किसान पार्टीले १० हजार नौ सय ५९ र नवौँ स्थानको एकीकृत समाजवादीले १० हजार ५९ मत पाएको छ । नौ हजार चार सय १० मतसहित नागरिक उन्मुक्ति पार्टी समानुपातिकतर्फको मतगणनामा दशौँ स्थानमा छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले