६ बैशाख २०८३, आइतबार । April 20, 2026

निर्वाचन अपडेट

समानुतिकतर्फ एमाले अगाडि


६ मंसिर २०७९, मंगलबार  

9
Shares

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता देखिएको छ ।

मंगलबार अपराह्न ५ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले एक लाख १३ हजार चार सय ३६ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले ९७ हजार ८२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ हजार २९, नेकपा (माओवादी केन्द्र) ले ४१ हजार आठ सय २३, राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ हजार आठ सय २१, जनता समाजवादी पार्टी नेपालले नौ हजार १९, जनमत पार्टीले आठ हजार चार सय ८४, नागरिक उन्मुक्ति पार्टीले छ हजार ५९, नेपाल मजदूर किसान पार्टीले पाँच हजार छ सय ७१ र नेकपा (एकीकृत समाजवादी) पार्टीले पाँच हजार ४०३ मत प्राप्त गरेको छ । प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले २९ हजार सात सय ५०, कांग्रेसले २४ हजार नौ सय ७७, माओवादी केन्द्रले १० हजार तीन सय ६१, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात हजार पाँच सय ८० र जनता समाजवादी पार्टीले पाँच हजार एक सय ४ मत प्राप्त गरेका छन् ।

मधेस प्रदेशमा कांग्रेसले पाँच हजार छ सय, एमालेले पाँच हजार चार सय ८७, जनमत पार्टीले चार हजार तीन सय ९८, जनता समाजवादी पार्टी नेपालले दुई हजार पाँच सय २२ र माओवादी केन्द्रले एक हजार नौ सय ९५ मत प्राप्त गरेको छ । बागमती प्रदेशमा कांग्रेसले १५ हजार नौ सय २१, एमालेले १५ हजार पाँच सय ५७, राष्ट्रिय प्रजातन्त्र पार्टीले नौ हजार पाँच सय छ, माओवादी केन्द्रले सात हजार चार सय ५६ र नेपाल मजदुर किसान पार्टीले पाँच हजार १९ मत प्राप्त गरेका छन् । गण्डकीमा एमालेले २२ हजार ७०, कांग्रेसले १५ हजार सात सय ७१, माओवादी केन्द्रले चार हजार आठ सय ७५, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार हजार पाँच सय २४ र हाम्रो नेपाली पार्टीले एक हजार नौ सय ६० मत प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेशमा एमालले ३२ हजार ४८, कांग्रेसले २३ हजार तीन सय ९९, माओवादी केन्द्रले १० हजार छ सय ५५, राप्रपाले सात हजार पाँच सय १९, नागरिक उन्मुक्ति पार्टीले पाँच हजार छ सय १९ मत प्राप्त गरेको छ । कर्णालीमा माओवादीले तीन सय ४३, एमालेले एक सय ७९, कांग्रेसले ९९, राप्रपाले ७० र हाम्रो नेपाली पार्टीले छ मत प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशसभाको समानुपातिकतर्फको मत आयोगको प्रणालीमा प्रविष्ट हुन सकेको छैन ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित