२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

अर्जेन्टिनामाथि साउदी अरेबियाको जित


६ मंसिर २०७९, मंगलबार  

6
Shares

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्तगत समूह ‘सि’ मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ ।

कतारको लुसाइल स्टेडियममा मंगलबार भएको खेलमा साउदी अरेबियाले उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा पहिलो आग्रता भने अर्जेन्टिनाले लियो । कप्तान लियोनल मेस्सीले खेलको १०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई १–० को आग्रता दिलाए ।

साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए । तर अर्जेन्टिनाको आग्रता लामो समयसम्म टिक्न सकेन । पहिलो हाफमा १–० ले पछि परेको साउदीले दोस्रो हाफमा दुई गोल गर्‍यो ।

खेलको पहिलो हाफमा फितलो खेल प्रदर्शन गरेको साउदीले दोस्रो हाफको सुरुवातदेखि नै अर्जेन्टिनालाई दबाबमा राखेको थियो । खेलको ४९औं मिनेटमा साउदीका सालेह अल सेहरीले गोल गर्दै खेल बराबरीमा ल्याए । फेरास अल्ब्रिकानको पासमा क्रिस्टियन रोमेरोलाई बिट गर्दै उनले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

त्यसको पाँच मिनेटमै साउदीका सालेम अल दसारी गोल गर्दै २–१ गोलको आग्रता बनाए । सालेमले पेनाल्टी क्षेत्रको भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । जितसँगै साउदीले तीन अङ्क जोडको छ । आजै हुने दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘डि’मा रहेको डेनमार्क र ट्युनिसियाबीचको खेल अहिले साँझ ६ः४५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ