१३ जेष्ठ २०८३, बुधबार । May 27, 2026

रुपन्देहीः क्षेत्र नं १, ५ मा एमाले , २ मा स्वतन्त्र, ३ मा कांग्रेस र ४ मा लोसपाको अग्रता


६ मंसिर २०७९, मंगलबार  

6
Shares

रुपन्देही । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना रुपन्देहीमा नेकपा (एमाले) ले दुई, नेपाली कांग्रेस एक, राष्ट्रिय स्वतन्त्र पार्टीले एक र लोकतान्त्रिक समाजवादी पार्टीले एक स्थानमा अग्रता लिएका छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ र ५ मा एमाले, २ मा स्वतन्त्र, ३ मा कांग्रेस, र ४ मा लोकतान्त्रिक समाजवादी पार्टीले अग्रता लिएका हुन् । क्षेत्र नं १ मा एमालेका उम्मेदवार छविलाल विश्वकर्मा एक हजार सात सय ३८ मतका साथ अगाडि छन् भने नागरिक उन्मुक्तिका लालवीर चौधरीले एक हजार पाँच सय ९७ मतका साथ पछ्याइरहेका छन् । सत्तागठबन्धनका उम्मेदवार घनश्याम भुसाल एक हजार चार सय चार मत ल्याएर तेस्रो स्थानमा छन् ।

रुपन्देही २ मा सुरुआतदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार दुई हजार दुई सय ४४ मतका साथ उनले अग्रता लिएका छन् भने एक हजार नौ सय ४४ मतका साथ एमाले उपाध्यक्ष विष्णु पौडेलले पछ्याइरहेका छन् । तेस्रो स्थानमा सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार बनेका जनमुक्तिका केशव थापाले एक हजार चार सय ६१ मत ल्याएका छन् ।

क्षेत्र नं ३ मा एक हजार नौ सय ४१ मतका साथ सत्तागठबन्धनका उम्मेदवार बालकृष्ण खाणले अग्रता लिएका छन् । दोस्रो स्थानमा राप्रपाका दीपक बोहोरा रहेका छन् । उनले एक हजार चार सय ३६ मत प्राप्त गरेका छन् । क्षेत्र नं ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले निरन्तर अग्रता लिएका छन् ।

उनले तीन हजार नौ सय ९४ मतका साथ अग्रता लिएका हुन् । कांग्रेसका प्रमोद यादवले दुई हजार सात सय ६१ मत ल्याएर दोस्रो स्थानमा छन् भने जनमतका भोपेन्द्र यादवले दुई हजार एक सय १४ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् । क्षेत्र नं ५ मा नेकपा एमालेका बासुदेव घिमिरेले अग्रता लिएका छन् । उनले पाँच हजार ७० मत प्राप्त गर्दा कांग्रेसका भरतकुमार शाहले चार हजार सात सय ५२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली