२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

काठमाडौं ४ः कांग्रेस महामन्त्री थापा अगाडि



काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुरुआतीदेखि अग्रता कायम राखेका छन् ।

मतगणनाको बूढानीलकण्ठ नगरपालिकाभित्रका आठ वडा र महानगरका वडा नं १ र ७ को मतगणना सकिँदा उहाँले पाँच हजार पाँच सय ६८ मतको अग्रता लिएका हुन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार हाल ३७ हजार दुई सय ३२ मत गणना हुँदा थापाले १७ हजार पाँच सय १७ मत प्राप्त गरेका छन्, भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार डा राजन भट्टरार्ईले ११ हजार नौ सय ४८ मत प्राप्त गरेका हुन् । त्यसैगरी राप्रपाका उम्मेदवार डा ठाकुर मोहन श्रेष्ठले दुई हजार दुई सय ६८ मत प्राप्त गरेका छन् ।

सो क्षेत्रको मत गणना सुरु भएदेखि नै थापाको अग्रता कायम रहेको छ । काठमाडौं क्षेत्र नम्बर ४ प्रदेशसभा ९२० तर्फको बूढानीलकण्ठ वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछन् यस क्षेत्रको गणना सकिएको छ । काठमाडौं –४ प्रदेशसभा ९१० अन्तर्गत पर्ने काठमाडौँ महानगरका वडा नम्बर १ र ७ को मत गणना सकिएको छ भने महानगरका वडा नं ८ र ३० को मत गणना जारी छ ।

काठमाडौँ–४ निर्वाचन क्षेत्रबाट ३१ उम्मेदवार रहरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय