२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

गोरखा लगाएतका विभिन्न स्थानमा पुनः मतदान गर्न एमालेको माग



काठमाडौं । नेकपा एमालेले स्याङ्जा, दोलखा र गोरखाका गरि १० भन्दा बढी केन्द्रमा पुनः मतदान गर्न माग गरेको छ ।

एमालेले सोमबार विज्ञप्ती जारी गर्दै पुनः मतदानको माग गरेको हो । एमालेले स्याङ्जा–२ को चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्र गठबन्धनले कब्जा गरी फर्जी मत खसालेको आरोप लगाएतको छ । यस्तै दोलखाको तामाकोशी गाउँपालिका–२ जफेको कालापानी, जामुने, मालु लगायतका केन्द्रमा पनि सत्ता गठबन्धन दलका कार्यकर्ताले बुथ कब्जा गरेको एमालेको दाबी छ ।

गोरखाका दुवै निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रमा मृतक र अनुपस्थित मतदाताहरूको नामबाट मतदान गरी व्यापक धाँधली भएको एमालेको आरोप छ । गोरखा क्षेत्र नम्बर १ को विन्द्रावती मावि मसेल, बालकल्याण आधारभूत विद्यालय फुस्रेमाटा, आरुघाट गाउँपालिका–१ मान्वु, धार्चे–३ को पार्वती आधारभूत विद्यालयमा पुनः मतदान हुनुपर्ने एमालेको माग छ ।

गोरखा क्षेत्र नम्बर २ अन्तर्गत सिरानचोक गाउँपालिकाको सरस्वती आधारभूत विद्यालय, वारपाक सुलीकोट गाउँपालिकाको हिमालय मावि सौरपानी, सूर्योज्योति मावि ताकु मतदान केन्द्रमा पनि पुनः मतदान गर्न एमालेको माग छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको