२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

मतदानलाई मर्यादित र व्यवस्थित बनाउन प्रमुख आयुक्त थपलियाको निर्देशन



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमुख निर्वाचन अधिकृतहरुलाई मतदान तथा मत गणना कार्य मर्यादित र व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै मतदान अधिकृत र मत गणना अधिकृतहरु निर्वाचन आयोग भएकाले आफ्नो गरिमालाई बचाएर स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिए । उनले नेपालको संविधान, प्रचलित ऐन, कानून, आचारसंहीता, निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधि र निर्वाचनको निम्ति दिइएका निर्देशनको पूर्ण रुपमा पालना गर्न पनि सम्बन्धित निकायहरु र पक्षहरुलाई निर्देशन दिएका छन् । थपलियाले व्यक्तिगत, संस्थागत एवं पदीय रुपमा सधैँ स्वतन्त्र र निष्पक्ष रही कुनैपनि राजनीतिक दल वा उम्मेदवारप्रति कुनैपनि किसिमको झुकाव नराखि मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादन गर्न आग्रह समेत गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादनको सिलसिलामा राजनीतिक दल, उम्मेदवार, कर्मचारी, अनुगमन कर्ता, पर्यवेक्षक नागरिक समाज, मिडिया कर्मी, मतदाता लगायत सबैप्रति समान व्यवहार गर्न आग्रह गरे ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ७ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको