३ आश्विन २०८३, शनिबार । September 20, 2026

मतदानलाई मर्यादित र व्यवस्थित बनाउन प्रमुख आयुक्त थपलियाको निर्देशन


३ मंसिर २०७९, शनिबार  

0
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमुख निर्वाचन अधिकृतहरुलाई मतदान तथा मत गणना कार्य मर्यादित र व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै मतदान अधिकृत र मत गणना अधिकृतहरु निर्वाचन आयोग भएकाले आफ्नो गरिमालाई बचाएर स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिए । उनले नेपालको संविधान, प्रचलित ऐन, कानून, आचारसंहीता, निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधि र निर्वाचनको निम्ति दिइएका निर्देशनको पूर्ण रुपमा पालना गर्न पनि सम्बन्धित निकायहरु र पक्षहरुलाई निर्देशन दिएका छन् । थपलियाले व्यक्तिगत, संस्थागत एवं पदीय रुपमा सधैँ स्वतन्त्र र निष्पक्ष रही कुनैपनि राजनीतिक दल वा उम्मेदवारप्रति कुनैपनि किसिमको झुकाव नराखि मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादन गर्न आग्रह समेत गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादनको सिलसिलामा राजनीतिक दल, उम्मेदवार, कर्मचारी, अनुगमन कर्ता, पर्यवेक्षक नागरिक समाज, मिडिया कर्मी, मतदाता लगायत सबैप्रति समान व्यवहार गर्न आग्रह गरे ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ७ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली