२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

ओखलढुंगामा शंकास्पद वस्तु भटियो



ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका ३ र ४ जोड्ने कुल खोलाको पक्की पुलमाथि शंकास्पद वस्तु फेला परेको छ ।

पुलको दुवै मुखमा प्रेसर कुकुर र स्टीलको क्यानमा खतरा लेखेर तार जोडिएको वस्तु फेला परेको हो । शनिबार बिहानै स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको वस्तु विष्फोटक पदार्थ बम भएको आशंका गरिएको छ ।

उक्त शंकास्पद वस्तुलाई निष्क्रिय बनाउने र घटनाको बारेमा अनुसन्धान गर्नका लागि टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी शुकदेव खनालले जानकारी दिए । शंकास्पद वस्तुसँगै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को चुनाव बहिष्कारसम्बन्धी पोष्टर र पर्चा समेत फेला परेको छ । निर्वाचनको मुखैमा शंकास्पद वस्तु फेला परेसँगै ओखलढुंगामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसरी त्रास फैलाउने किसीमले बिहाज मोरङमा पनि शंकासपद वस्तु फेला परेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  २ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको