२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

अन्जनको गोलमा पाकिस्तानमाथि नेपालको जित


३० कार्तिक २०७९, बुधबार  

6
Shares

काठमाडौं । खेलको ८३ औँ मिनेटमा फरवार्ड अन्जन विष्टले गोल गरेपछि नेपालले पाकिस्तानसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।

घरेलु मैदानमा पाकिस्तानलाई १–० गोलअन्तरले हराउँदै नेपालले मैत्रीपूर्ण खेलमा जित निकाल्न सफल भएको हो । दशरथ रंगशालामा ५० औं खेल खेलेको नेपाललाई जित दिलाउन अन्जन विष्टले निर्णायक दोस्रो हाफमा गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अन्जन विष्टले गोल गर्दै नेपाललाई जित दिलाउन सफल भएका हुन् ।

अन्जनले सुनिल बलको लामो पासमा उत्कृष्ट गोल गरे । नेपालको लागि अन्जनको यो ११ औं गोल हो । अन्जन सर्वाधिक गोलकर्ता हरि खड्का र निराजन राइमाझी भन्दा दुई गोलले पछि रहेका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले प्रतिबन्ध फुकाएपछि झन्डै साँढे तीन वर्षपछि मैदान फर्किएको पाकिस्तानले पनि केही आक्रमण बुनेपनि गोल भने गर्न सकेन ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ