२१ फाल्गुन २०८२, बिहिबार । March 6, 2026

अन्तर्वार्ता

राजनीतिक परिवर्तनको आन्दोलनमा भुमिका नहुनेले भोट पाउँदैनन्: मन्त्री भुसाल

म जनताको आँखामा टेस्टेड छु, मेरो दुई कार्यकाल हेरेर जनताले भोट दिन्छन्


३० कार्तिक २०७९, बुधबार  

6
Shares

यतिबेला निर्वाचनको अन्तिम तयारीमा सरकार, उम्मेदवार, मतदाता, निर्वाचन आयोग सबै जुटिरहेका छन् । राजनैतिक दलहरु मतदाताहरुको घरदैलोमा पुगिरहेका छन् । राजनैतिक दलहरु गठबन्धन बनाएर निर्वाचनमा होमिरहेका छन् । निर्वाचनको दिन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारहरु मतदाताको घरदैलोमा भोट माग्न ब्यस्त छन् । यसैबीच घरदैलोको कार्यक्रम कसरी चलिरहेको छ र पार्टीलाई बलियो बनाउन के कस्ता प्रयास भएका छन् यस बिषयमा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालँग गरेको बिशोष कुराकानी ।

१.चुनाव आउनै लागेको यो अन्तिम घडीमा पार्टीले प्रचारप्रसारको काम कसरी गरिरहेको छ ? तपाई आफुले कसरी प्रचारप्रसारको काम गरिरहनु भएको छ ?
निर्वाचन अलि बढी उम्मेदवार केन्द्रित भएर हुन्छ । मैले बुझ्न त अन्त पनि बुझेको छु । साथीहरु सबैतिर प्रचारप्रसारको अन्तिम चरणमा पुग्नुभएको छ जनताको घरदैलो । आफ्नो एजेण्डाहरु जनतालाई स्पष्ट पार्ने । आफ्नो ठाउँका विकास निर्माणका प्रश्तावहरु राख्ने र जनताको अभिमत लिने कुरामा देशभर लाग्नुभएको छ ।

म यतिबेला म आफूचाहीँ आफ्नै क्षेत्रमा केन्द्रित छु । धेरैतिर मैले ध्यान दिन सकिन । १५ दिनको प्रचारप्रसारको समय छ निर्वाचन आयोगले दिएको । १४ दिन सकियो । त्यसैले म आफ्नोमा बढी केन्द्रित छु । ठूलो क्षेत्र समय कम हुँदो रहेछ । अहिले निर्वाचन आयोगले सिमित गराइदिएको छ आचारसंहीता लागू गरेर । अधिकांश जनताको घरदैलो पुगेका छौँ । भेला, बैठकहरु, टोल सुधारका महिला समूहका, युवा क्लवहरुका छलफल, बैठक, अन्तरक्रिया उहाँहरुको आवश्यकता, समस्या सुन्ने कुरा पनि गरेका छौँ । मुल प्रचारको पाटो भनेको घरदैलो हो ।

मैले २० वटा वडा सकेँ । भोलि निर्वाचन प्रचारप्रसारको अन्तिम दिन दुईवटा वडा सकिन्छ । अर्को हामीले घोषणापत्र बनाएको छ । जनतालाई त्यो पनि दिन्छौँ । त्यसपछि सामान्य आफ्नो सामाजिक नेटवर्क चलाउने । यत्ति हो प्रचारको ।

२.गठबन्धन बनाएर निर्वाचनमा जानुभएको छ, माओवादीले खासगरी काँग्रेसलाई लगाउने गरेको आरोप छ की, आफूले माओवादीको भोट लिएर माओवादीलाई चाहीँ भोट हालेन, के यसपटक नेपाली काँग्रेसको सबै मत माओवादीलाई आउने अवस्था छ ?
हाम्रो आउने अपेक्षा छ । किनकी यो समयको आवश्यकताले, देशको आवश्यकताले, जनताको आवश्यकताले बनेको गठबन्धन हो । प्रतिगमन र प्रतिक्रान्तिकारी प्रवृत्तिलाई पराजित गर्नका निम्ति बनेको यो गठबन्धन हो । त्यसैले गठबन्धनको औचित्यता, आवश्यकता, त्यसको मर्मलाई सबै पार्टीले बुझ्नुभएको छ । नेपाली काँग्रेसका साथीहरुले पनि बुझ्नुभएको छ । त्यसैले सक्रिय ढंगले लाग्नुभएको छ । मेरो क्षेत्रको अनुभव गर्दाखेरी सबै गठबन्धनको पक्षमा कुनै न कुनै ढंगले खडा हुनुभएको छ ।

३. गठबन्धनका कारण मत हाल्न अफ्ठयारो हुने हो कि भन्ने अवस्था छ, प्रत्यक्षमा तपाईहरुको उम्मेदवार नभएको ठाउँमा समानुपातिकमा पनि तपाईहरुलाई मत आउनसक्छ त ? मतदाता शिक्षा के–कसरी अगाडी बढाइरहनुभएको छ ?
हाम्रो समानुपातिकबाट उठेका उम्मेदवारहरु पनि घरदैलोमा जानुभएको छ । उम्मेदवार अथवा टिम नै बनाएर खटाउने भन्ने पार्टीको नीति हो । मेरो क्षेत्रमा चाहीँ उम्मेदवार नै हुनुहुन्छ । प्रदेश र संघकै लागि पनि । त्यसकारणले उहाँहरु पनि कहिले हामीसँग सँगै र कहिले छुट्टै प्रकारले घरदैलोमा पनि हुनुहुन्छ । पार्टीले बुझाउन सक्नुपर्‍यो प्रत्यक्ष गठबन्धनलाई, समानुपातिक चाहीँ आफ्नो पार्टीलाई भनेर माग्ने कार्यकर्ताको, समानुपातिकका उम्मेदवारहरुको हातमा बढी भर पर्ने कुरा हो ।

४. शहरी इलाकामा समग्र पार्टीहरुप्रति वितृष्णा बढेको गत स्थानीय तह निर्वाचनले पनि स्पष्ट देखायो, अहिलेको निर्वाचनमा पनि साना पार्टीहरु र स्वतन्त्र उम्मेदवारहरुको धेरै उम्मेदवारी परेको छ, यसलाई कसरी लिनुभएको छ ?
उठ्न पाइयो । हामीले र हाम्रा अग्रजहरुले थालेको, हाम्रो जीवनकालमा हामीले सम्पन्न गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा जसले पनि मैदानमा हिँड्न, डुल्न, खेल्न पाउने कुरा भयो । त्यही अन्तर्गत संविधानले दिएको छ । कानूनले दिएको छ । कोही पनि उठ्न सक्नुहुन्छ । तर हाम्रो देशको राजनीति चाहीँ दलीय प्रणाली हो । राजनीतिक दलका प्रतिनिधि जनतामा जाने र अनुमोदित भएर आउने । बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष । १३८ सिट ल्याउनेले मात्रै सरकार बनाउन सक्छ । १३८ भन्दा बढी ल्याएकाले पनि मन्त्री बनाउने २५ जना हो । त्यसैले रहर गरेर जो पनि उठ्नसक्छ । निर्णायक चाहीँ कहिल्यै पनि हुन्न स्वतन्त्र ।

५.त्यसोभए दलहरुका लागि स्वतन्त्र उम्मेदवार चुनौती होइनन् ?
कोही उम्मेदवारका हकमा कोही काहीँ हुनसक्छ । भोट एकातिरको काटेर सन्तुलनमा अलि तलमाथि गर्न त सक्ने हुन्छ । तर आफैँ १३८ सिट ल्याउने अनि सरकार बनाउने स्थितिमा नेपालमा चाहीँ अहिलेको अवस्थामा कोही स्वतन्त्र पुग्ने हाम्रो धरातल बनेको छैन । दलीय राजनीति हाम्रो यति बलियो छ । जनताको घरदैलोसम्म हाम्रो संरचना छ । सबै राजनीतिक दलका केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा, इकाइसम्म पनि तल संरचना भएको देशमा र पार्टी प्रणाली भएका कारणले जनताले पनि पार्टी हेरेर दिन्छन् । कुन पार्टीले जित्छ अनि कसले सरकार बनाउँछ भन्ने सम्भावना हेरेर जनताले भोट दिन्छन् ।

६. तपाईको निर्वाचन क्षेत्रको कुरा गर्ने हो भनेपनि तपाईसहित १३ जना विभिन्न पार्टीका उम्मेदवार हुनुहुन्छ, ७ जना त स्वतन्त्र उम्मेदवार छन्, युवाहरु धेरै छन्, तपाईलाई नै मत किन दिने ?
मेरो दुई कार्यकाल हेरेर उहाँहरुले दिन सक्नुहुन्छ । म त काम गरेर जनताका आँखामा टेस्टेड छु । गर्नसक्ने मान्छे भनेर । गर्दै नगरेका मान्छेलाई के हेरेर दिने ? न हिजो राजनीतिक परिवर्तनको आन्दोलनमा उहाँहरुको कुनै सकारात्मक भुमिका छ । कुनै एक दिन खर्च गरेको सायद इतिहास छैन । अलिकति परिवर्तनका लागि पसिना खर्च गरेको पनि इतिहास थाहा छैन । अहिले मैले गर्छु, म उठेको छु मैले भोट पाएँ भने म मन्त्री हुन्छु भन्दै हिँड्ने राजनीतिक खेलाडीलाई जनताले चिन्दैनन् भन्ने कुरै छैन । मेरो क्षेत्र त असाध्यै सचेत मान्छेहरुको क्षेत्र हो ।

कति सचेत हो भने ०४५–०४६ को आन्दोलन हुँदै हुँदा पाटनबासि तिनै जनता हुन् जसले पाटनलाई पञ्चायतमुक्त जिल्ला घोषणा गरिसकेका थिए । ०६२–०६३ को आन्दोलन थियो । राजनीतिक दलहरुले गणतन्त्रको निर्णय नगर्दै ललितपुरका जनताले हाम्रो जिल्ला अब राजतन्त्रमुक्त गणतन्त्रको जिल्ला भनेर घोषणा गर्ने जिल्ला हो । उहाँहरुले राजनीतिक परिवर्तनमा खेलेको व्यक्तिको भुमिका पनि हेर्नुहुन्छ । अनि उहाँहरुको मतले सरकार बन्ने र सरकार बन्दाखेरी मात्रै बल्ल आफ्ना एजेण्डाहरु त्यो सरकारको कार्ययोजनामा पर्छन् भन्ने कुरा बडो राम्रोसँग बुझ्नुभएको छ । त्यसैले एउटा व्यक्ति असाध्यै राम्रो पनि हुनसक्छ । तर एउटा व्यक्तिले केही पनि गर्न सक्दैन ।

७. तपाईलाई साना दल वा स्वतन्त्र कसैको पनि चुनौती छैन ?
छैन । मेरो प्रतिष्पर्धा दलसित नै हो फेरि ।

८.नयाँ पुस्ताहरु आक्रामक रुपमा राजनीतिमा आइरहेको बेलामा तपाईको पार्टीमा पुस्तान्तरण हुन नसकेको हो ?
होइन । हाम्रोमा युवा पनि हुनुहुन्छ । मध्यम खालका नेताहरु पनि हुनुहुन्छ । पहिलो तहका नेताहरु पनि हुनुहुन्छ । त्यो त कस्तो हो भने राजनीतिमा आउने भनेको उमेर पनि हो, एकदम युवाहरु आउनुपर्छ । तर एउटा भिजन, एउटा विचार, एउटा चिन्तनसहित आउनुपर्छ । समग्र राष्ट्र हाँक्ने योजनासहित आउनुपर्‍यो ।

हाम्रो पार्टीमा कोही वडा सदस्य, वडा अध्यक्ष, पालिका प्रमुख, प्रदेश र संघ हुँदै अनुभव हाँसिल गरेर परिपक्व भएका साथीहरु हुनुहुन्छ । युवाहरु पनि हुनुहुन्छ । मध्यमखालको पनि हुनुहुन्छ । अलि बुढापाका मान्छेहरु पनि हुनुहुन्छ । मलाई लाग्छ, कुनै समाज, दल, राज्य भनेको यो तिनै पुस्ताहरुको समन्वय र सहकार्यबाट अगाडी बढ्छ । युवाहरुको जोश हुन्छ । अलि पुरानाहरुको चाहीँ अनुभव हुन्छ । अनुभव र जोशको सही समायोजन गर्दा कुनैपनि चिजले चाहे राजनीति होस्, चाहे अर्थनीति होस्, सबै कुराले गति लिन्छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по