३० आश्विन २०८३, शुक्रबार । October 16, 2026

यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट: डडेल्धुरा फाइनलमा


३० कार्तिक २०७९, बुधबार  

6
Shares

कञ्चनपुर । कञ्चनपुरमा जारी वाइवाई यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट प्रतियोगितामा डडेल्धुरा फाइनलमा प्रवेश गरेको छ ।

महेन्द्रनगरस्थित खुला मञ्चमा मङ्गलबार भएको खेलमा डडेल्धुराले कैलालीलाई ६२ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित ४० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन बनायो । एक सय ४१ रनको लक्ष्य पछ्याएको कैलालीले २६ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै मात्र ७९ रन बनाउन सक्यो ।

डडेल्धुराका लागि कप्तान कैलाश ऐरले २१ बलमा सर्वाधिक २४ रन बनाए । यस्तै अरुणप्रकाश दानीले ३१ बलमा १७, विकास ऐरले अविजित रहँदै १८ बलमा १७, निर्मल पुन मगरले ३७ बलमा १६, दिपक बोहराले १७ बलमा १४ रनतथा सचीन साउदले २३ बलमा १४ रन बनाए । जवाफी ब्याटिङ गर्ने क्रममा कैलालीका लागि नरेन साउदले १४ बलमा सर्वाधिक १८, प्रवेश साउदले २४ बलमा २४, सन्दीप बिष्टले ३९ बलमा १४ र दिनेश ओडले २७ बलमा १४ रन बनाए ।

उक्त खेलमा म्यान अफ दी म्याच डडेल्धुराका कृष्ण विष्ट घोषित भए । महेन्द्रनगरस्थित कभर्डहलको खेलमैदानमा भएको अर्को खेलमा अछामले बझाङलाई पराजित गर्‍यो । टस जितेर ब्याटिङ रोजेको अछामले निर्धारित ४० ओभरको खेलमा ३४ दशालव तीन ओभरमा सवै विकेट गुमाएर एक सय ६० रन बनायो ।

एक सय ६१ रनको विजयी लक्ष्य पछ्याएको बझाङले २२ ओभरमा सवै विकेट गुमाएर एक सय ३८ रन मात्र बनायो । अछामका लागि आशिष लुहारले ३४ बलमा सर्वाधिक ४० रन बनाए । यस्तै विनय जोशीले ७७ बलमा २९, आशिष बुढाऐरले १३ बलमा १८ तथा जित साउदले २७ बलमा १६ रन बनाए ।

यस्तै ब्याटिङ गर्ने क्रममा बझाङका लागि कप्तान अशोक धामीले २२ बलमा सर्वाधिक ३१ रन, सञ्जय बोहराले १८ बलमा १६, पारस रोकायाले १८ बलमा १० तथा नरेन्द्र रानाले २५ बलमा ११ रन बनाए । उक्त खेलको म्यान अफ दी म्याच अछामका युवराज खत्री घोषित भए । जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका स्कोरर नरेन्द्रराज भट्टका अनुसार आज बैतडी र कैलाली तथा अछाम र कञ्चनपुरबीच खेल हुनेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि