२२ फाल्गुन २०८२, शुक्रबार । March 6, 2026

अन्तर्वार्ता

गठबन्धन आफू हार्ने देखेर सांघातिक आक्रमणमा उत्रियो

हामी सानदार विजयको माहोलमा निर्वाचन प्रचारप्रसार गरिरहेका छौँ


२९ कार्तिक २०७९, मंगलबार  

6
Shares

यतिबेला निर्वाचनको अन्तिम तयारीमा सबै देशवासीहरु जुटिरहेका छन् । राजनैतिक दलहरु मतदाताहरुको घरदैलोमा पुगिरहेका छन् । राजनैतिक दलहरु गठबन्धन बनाएर निर्वाचनमा होमिरहेका छन् । पछिल्लो समय प्रमुख राजनैतिक दलहरुले आफ्नो अभियानलाई तिब्रता दिएको पनि देखिन्छ । दलहरुले निर्वाचनको माहोल आफ्नो पक्षमा रहेको दाबी गर्दै आइरहेका छन् । दलहरुबीचको आ–आफ्नै दाबीका बीच सत्ता गठबन्धन संग जुध्न र नेकपा एमालेलाई बलियो बनाउन नेकपा एमालेको योजना के छ ? भन्ने बिषयमा नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालसंग गरिएको छोटो कुराकानी ।

१.निर्वाचनमा नेकपा (एमाले) को अवस्था कस्तो छ ? माहोल कस्तो छ देशभरको ?
अहिले हामी निर्वाचनको प्रचार तयारी र यसको उपलब्धीको लागि गरिरहेको कामको अन्तिम चरणमा पुगेका छौँ । देशभरीको माहोल हेर्दा एमालेको परिस्थिति राम्रो छ । राम्रोको अर्थ के हो भने विगतमा गठबन्धनले क्षति पुर्‍याउँछ र गठबन्धनका अगाडी एमालेले केही पनि गर्न सक्दैन भन्ने सत्यहरु नै अहिले आफैँ नै एमाले माथि गयो भन्नेमा पुगेका छन् ।

त्यो हिसावले हेर्दा हाम्रो पार्टी पंक्तिमा मनोबल एकदम बढेर गएको छ । धरातलीय यथार्थ पनि के छ भने गठबन्धनका मानिसहरुले आफ्नो जित्नुपर्ने कारणको न्यायोचित जवाफ दिन सकिरहेका छैनन् । जनताहरुले सोधिरहेका छन्, अब तपाईको नेता को हो ? गन्तव्य के हो ? विषय के हो ? उहाँहरुसँग त्यो एजेण्डा छैन । फरक–फरक पार्टी मिलेर गठबन्धन बनेको कारणले गर्दा उहाँहरुको फरक–फरक जवाफ छन् । कतिपय ठाउँमा ठिक जवाफ दिँदा गठबन्धनमा दरार आउने भएकाले उहाँहरु जवाफ दिनसक्ने तहमा हुनुहुन्न । त्यो स्थितिले हामीलाई लाभ पनि भएको छ । किनभने एमालेले आफ्नो नेता अगाडी सारेको छ । एमालेले एजेण्डा सारेको छ ।

अझ सरल भाषामा त हामीले पाँच वर्ष एमालेले गर्छ भनेर २० वटा ग्यारेन्टी नै अगाडी सारेका छौँ । जुन हाम्रो घोषणापत्रको संक्षेपीकरण जस्तै नै हो । त्यो हिसावले सारमा भन्दा अहिले हामी अगाडी छौँ । र अगाडी बढी नै रहेका छौँ । यदी बाहिर कसैले सर्वेक्षणकै कुरा गरेर जाने हो भनेपनि अहिले गठबन्धनमा रहेको शक्तिहरुको पारो ओरालो लाग्ने र एमालेको पारो उकालो लाग्ने यो हिसावले गइरहेको मैले देख्छु ।


२.हामीले विभिन्न विश्लेषणहरु सुनेका छौँ, एमाले कतै पछि पर्दै त छैन ? बाहिर आएको तथ्यांकलाई लिएर तपाईहरुको विश्लेषण के हो ?
पहिलो कुरा त यो तथ्यांक आफैँमा नक्कली छ । किनभने सर्वेक्षण गर्नै पाइँदैन । सर्वेक्षण गर्ने भरपर्दा संस्थाहरुले पनि सर्वेक्षण गरेका भएपनि उनीहरुले आफ्नो सर्वेक्षणको प्रतिवेदन बाहिर ल्याउन पाउँदैनन् । सेयर गर्न नि पाउँदैनन् । अब सरकारका संयन्त्रले गरेका कुनै त्यस्तो सूचना छन् भनेपनि ती संस्थाहरुले बाहिर ल्याउन पाउँदैनन् ।

मैले सुने गृहमन्त्री स्वयमलेसमेत राष्ट्रिय अनुसन्धानको सर्वेक्षण भनि नक्कली अंकहरु बाहिर ल्याएको मैले सुनेको छु । मेरो आफ्नो बुझाइमा मैले सत्तामा रहँदाखेरी, सरकारमा रहँदा भएका कामको अनुभवको आधारमा त्यस्ता संस्थाका कुनैपनि सूचना सेयरिङ हुँदैनन् । बाहिर सर्कुलर गर्न पनि पाइने होइन । त्यो त आचारसंहीताको कुरो पनि थियो । मलाइ के लाग्छ भने गठबन्धनका साथीहरु पराजयको मानसिकताबाट आत्तिनुभएको छ । विभिन्न ठाउँमा हिंसा पनि बढीरहेको छ ।

केही मानिसहरु घाइते भइरहेका छन् विगत केही दिनदेखि र आक्रमणमा उत्रिएको छ गठबन्धन । अरु कुनै दल उत्रेका छैनन् । व्यक्ति उत्रेका छैनन् । गठबन्धन उत्रिएको छ । अर्को दलको प्रचार टिममाथि आक्रमण गर्ने, अर्काको कार्यक्रममा जान नदिने र नक्कली सूचना बाहिर ल्याउने भनेको स्वतः आफैँमा के बुझ्नुपर्छ हामीले भने यो पराजयको कारणले हतास मनस्थितिले आएको कुराहरु बुझ्नुपर्छ । त्यसकारणले जे तथ्य, तथ्यांकहरु बाहिर आइराखेका छन् ती मिथ्यांक मात्रै हुन् ।

त्यसमा कुनैपनि संस्थाहरुले सर्वेक्षण गरेका छैनन् र त्यो बाहिर आएको पनि छैन । म चुनौती नै दिनसक्छु गृहमन्त्रीजीलाई त्यस्तो छ भने त रिपोर्ट नै बाहिर ल्याए भयो नि त । बाहिर ल्याउने हो भने अरु विश्वसनीय संस्थाहरुले गरेका सर्वेक्षणलाई नि बाहिर ल्याउनलाई उहाँले आग्रह गर्नुपर्‍यो । निर्वाचन आयोगलाई भन्नुपर्‍यो, हामी कानून मिच्छौँ । मिच्न अरुलाई पनि दिनु भन्नुपर्‍यो । उहाँहरु छद्म काम गरिरहनुभएको छ र छद्म कामलाई पुष्टि गर्नका लागि उहाँहरुले अन्तर्राष्ट्रिय फेक न्युज एजेन्सी, न्युज पोर्टलहरुलाई प्रयोग गर्नुभएको छ ।

मैले थाहा पाएको नेपाल ब्रिटेन यस्तै के नाम गरेको कुनै एउटा वेबसाइटमार्फत एउटा नक्कली सूचना बाहिर आयो त्यसमा एउटा अमुक दल संलग्न छ भन्ने सुनेको छु । त्यो गर्नुको कारण त्यसमार्फत सामाजिक सञ्जालमा यसलाई बढी प्रचारित गर्ने, भाइरल गर्ने र जनतालाई हो क्यारे भनेजस्तो भ्रम दिने काम हुन खोजिरहेको छ । यो स्वच्छ निर्वाचनको लागि निन्दनिय काम हो ।


३.परिचालन र मतदाता शिक्षाको सम्बन्धमा एमाले पछाडी परेको भन्ने समाचारहरु आइराखेको छ, यसलाई कसरी व्यवस्थित गरिरहनुभएको छ ? पार्टी कमिटीहरु कसरी परिचालित भइरहेका छन् ?
प्रचार, परिचालनको हिसावले एमाले पछाडी छैन । किनभने अहिले पहिलेको भन्दा पृथक प्रचार छ । अहिले हामी पोष्टर टाँस्न पाउँदैनौँ । जुलुस निकाल्न पाउँदैनौँ । घरदैलोमा पनि सिमित संख्यामा मात्रै जानुपर्छ । २५ को संख्या तोकेको छ । १० वटाभन्दा बढी झण्डा बोक्न पाइदैनँ । यो आचारसंहीताको कारणले गर्दाखेरी पहिलेको जस्तो ठूलो संख्यामा जाने रौनक चाहीँ देखिँदैन ।

पहिलाको भौतिक उपस्थितिमा गरिने प्रचार भएनकि भन्ने लाग्नु स्वभाविक नै हो । हामीले आमसभाको माध्यम चाहीँ तोकिएको ठाउँमा मात्रै जुन कमिटीहरुले आवश्यक ठान्नुभएको छ, त्यो ठाउँमा मात्रै गरेका छौँ । जहाँ अध्यक्ष पुग्न सक्नुभएन र उहाँहरुलाई ठूलो सभा गर्न मन लाग्यो त्यो ठाउँमा मात्रै हामीले ४० ठाउँ छानेका थियौँ त्यसमध्ये निश्चित ठाउँमा अहिले अध्यक्ष गइरहनुभएको छ । त्यसकारणले जहाँ जहाँ अध्यक्ष जानुभयो जनसागर उर्लिएको नै हामी पाउँछौँ । त्यो हिसावले राम्रै देखिन्छ ।

बढी हामीले सामाजिक सञ्जाल प्रयोग गरेका छौँ । र वैकल्पिक माध्यमहरु प्रयोग गरेका छौँ । केही अनलाइनमा विज्ञापन ग¥यौँ । फेसबुक इत्यादिमा बुस्ट गरेका छैनौँ । सामाजिक सञ्जालमा स्वतःस्फुर्त रुपमा लाखौँ व्यक्तिहरुको बीचमा एमालेको प्रचार यो आठ÷दश दिनमा व्यापक नै गइरहेको छ । मतदाताहरुले कसरी मत हाल्ने ? आफ्नो नम्बर कहाँ छ ? लिस्ट पाएको छ कि छैन घरमा ? हामी पहिले प्रत्येक मतदाताको नाम लेख्थ्यौँ र घरघरमा गएर तपाईको यति नम्बरमा छ भन्थ्यौँ ।

अब तीन–चार दिन बाँकी छ । ती दिनमा पूर्णता आउला । त्यसमा कमी भएको होला जस्तो लाग्छ मलाई । सबै भोटहरु जिरो बदरमा जानेगरी, सबै मत सदर, जिरो बदर भन्ने किसिमले जानुपर्ने स्थिति हुन्छ । त्यो हिसावले हाम्रो कमिटीहरुलाई अगाडी बढ्नुस् भनेका छौँ । तर मुखमा झुन्डिएको छ साथीहरुलाई चार सूर्य चार छाप भन्ने शब्द प्रयोग गर्नुहुन्छ ।

त्यसले कहिलेकाहीँ गलत अर्थ लगाइदिन सक्छ । किनभने एउटा मतपत्रमा एउटा मात्र सूर्य छ अहिले । सूर्य नभएको मतपत्र कुनैपनि छैन । अधिकांशमा सूर्य नै सूर्य छन् । तर मतपत्र चारवटा फरक फरक छ । चार गते चारवटा फरक मतपत्र अनि प्रत्येकमा भएको सूर्यमा छाप लगाउ भनेर एमालेले भन्ने हो भने त्यो ठिक हुन्थ्यो । पहिले सात सूर्य सात छाप भन्ने लयमा चारवटा मतपत्र हुने भएकाले चार सूर्य चार छाप भन्नुभएको छ ।

एउटै मतपत्रमा चारवटा सूर्य खोज्नुभयो र चारवटा छाप लगाइदिनुभयो भने बदर हुनसक्ने खतरा छ । यसमा भर्खर हामीले हाम्रो साथीहरुलाई सचेत गराउन खोजिरहेका छौँ । प्राविधिक खालका पक्षहरु र त्यसमा ध्यान दिनुपर्ने विषयमा हामीले भर्खर निर्देशित गरिरहेका छौँ । यो चुनावमा अर्को एउटा पनि निर्देश गर्नुपर्छ, भर्खर कानून आएको छ । तल सर्कुलर पनि धेरै गइसकेको छैन । जस्तोकि समानुपातिक बाट उम्मेदवार बनाइएका व्यक्तिहरुको मतगणना प्रतिनिधि कसले छान्ने ? भन्ने कुरो नै धेरै स्पष्ट भएको छैन । त्यो कानून पढ्नुभएको छैन मान्छेहरुले । हामीले आफ्नो पार्टीबाट आफ्नो पार्टी कमिटीमा सूचना पठाउँदै छौँ । अरुलाई पनि लागू हुन्छ यो, भन्दा विग्रदैँन।

प्रत्येक जिल्लाको प्रमुख अध्यक्ष वा सभापतिले त्यही क्षेत्रमा मतदाता नामावलीमा नाम भएको व्यक्तिलाई छान्नुपर्छ । त्यो विधि नै छ । त्यसमा योग्यताहरु नै तोकेको छ । त्यो नहेरी फलानो जान्छ भने त्यो पनि बिग्रिन्छ । पछि मत गणनाको बेलामा झमेला हुन्छ । यि जस्ता कामहरु हामीले मतदातालाई सचेत बनाउने र त्यसमा निर्वाचनको माहोल नयाँ ढंगले लैजाने काम अझ गर्न बाँकी नै छ ।


४.गठबन्धनले राज्यकोषको अथवा अन्य अवयवहरुको प्रयोग–दुरुपयोगको विषयमा एमालेले चासो दिएको छ कि छैन ? कत्तिको चनाखो छ ?
हामी के कुरामा सचेत छौँ र हाम्रो पार्टी समर्थकलाई मात्रै होइन आम मतदातालाई के भनिरहेका छौँ भने अहिले गठबन्धन सबैखालको हतकण्डा प्रयोग गर्नपनि उद्यत रहनसक्छ । यसमा शतर्क रहनुस् भनेका छौँ । बिहानीले दिन बताउँछ भनेको जस्तै केही ठाउँमा भएका हिंसाले यो चुनाव हिंसारहीत होला कि नहोला भन्ने शंका उत्पन्न भएको छ ।

हामीले यसमा शतर्क हुनुस् भनेका छौँ । स्रोत, साधनको दुरुपयोग गर्नुहुँदैन । सत्तामा रहने बढी शतर्क हुनुपर्छ । कि कानून, आचारसंहीता नै बनाउनु हुँदैन । बनेको आचारसंहीतालाई प्रभावकारी ढंगले पालना गर्नुपर्छ । यो नमिल्दो छ, अव्यवहारिक छ भन्ने कुरो त सत्तालाई फाइदा हुने कुरा न भनेका थियौँ । त्यतिखेर उहाँहरु ध्यान नदिने । अहिले यतिखेर क्रमशः मिच्दै जाने । उहाँहरुलाई बानि के परेको छ भने ७२ घण्टा मौन अवधि रहेको छ मनलाग्दी गर्ने । किनभने अरुलाई बाहिर निस्किन पाइँदैन, बन्द गरिदिने । आफूचाहीँ प्रहरीको गाडी चढेर सुरक्षा निकायहरुलाई दुरुपयोग गर्दै घरघरमा मतलाई प्रभावित गर्ने क्रियाकलाप गर्ने तहमा स्थानीय तहको चुनावमा पनि गर्नुभयो ।

त्यो गर्नुहोला भन्ने हामीलाई लागिरहेको छ । त्यसको लागि हामीले हाम्रो मतदाताहरुलाई सचेत गराइरहेका छौँ । हाम्रो बुथ कमिटीहरुलाई पनि यसमा ध्यान दिनुस् भनेका छौँ । यसमा हाम्रो ध्यान गएको छ । पर्याप्त त भइसकेको छैन होला ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  २ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по