३ आश्विन २०८३, शनिबार । September 19, 2026

भक्तपुरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु


२९ कार्तिक २०७९, मंगलबार  

6
Shares

भक्तपुर । भक्तपुरको सल्लाघारीमा पानी ट्याङ्करमा मोटसाइकल ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बागमती प्रदेश ०२– ०३१–प ७८६२ नम्बरको मोटरसाइकल बा–४–ख ४२६८ नम्बरको पानीट्याङ्करमा ठोक्किंदा थप एक जना सख्त घाईते भएका छन् । मृत्यु हुनेमा मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । मोटरसाइकलमा सवार झापा घर भई हाल मध्यपुरथिमि–३ बस्ने २३ वर्षीय अमनल साहको इवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटना भएका दुवै सवारीसाधन र ट्याङ्कर चालक भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने २८ वर्षीय प्रवीण सुवारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ