१९ माघ २०८१, शनिबार । February 1, 2025

शेरबहादुर देउवा हत्यारा हुन्ः ओली



दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन उचित कदम भएको जिकिर गरेका छन् ।

आईतबार कालिकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहालले चुनावमा गरेका प्रतिबद्धताअनुसार काम गर्न नदिएका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको दाबी गरे । उनले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहाल दुवैलाई प्रतिगमनकारीको संज्ञा दिए ।

आफू सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीमा अल्पमतमा पर्ने जान्दा जान्दै पनि वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने ठुलो प्रयास गरेको ओलीको दाबी थियो । अदालतमा सेटिङ गरेर विकासको काम तीव्र बनाएको आफ्नो सरकारलाई हटाइएको उनको आरोप छ ।

त्यस्तै आईतबार नै दैलेखमा अयोजना भएको चुनावी सभामा अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई हत्याराको आरोप लगाएका छन् । देउवा गृहमन्त्री हुँदा १ सय २२ जना सर्वसाधारणलाई गोली हानी हत्या गरेको उनको जिकिर छ । अध्यक्ष ओलीले नेकपा एमाले जनतामा आतङ्क मच्चाउने पार्टी नभई देशमा विकाश र समृद्धि ल्याउने पार्टी रहेको बताए ।

एमाले देशको स्वाधीन अर्थतन्त्रको लागि बनेको पार्टी भएको उनले दाबी गरेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ७ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिदेशीय महिला टी-२० सिरिजः थाइल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय महिला टी-२० आई

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो

काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागु

तनहुँमा बस दुर्घटना, १ जनाको मृत्यु १४ जना घाइते

कास्की । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा एक यात्रुवाहक बस