२४ बैशाख २०८३, बिहिबार । May 8, 2026

शेरबहादुर देउवा हत्यारा हुन्ः ओली


२७ कार्तिक २०७९, आइतबार  

3
Shares

दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन उचित कदम भएको जिकिर गरेका छन् ।

आईतबार कालिकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहालले चुनावमा गरेका प्रतिबद्धताअनुसार काम गर्न नदिएका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको दाबी गरे । उनले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहाल दुवैलाई प्रतिगमनकारीको संज्ञा दिए ।

आफू सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीमा अल्पमतमा पर्ने जान्दा जान्दै पनि वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने ठुलो प्रयास गरेको ओलीको दाबी थियो । अदालतमा सेटिङ गरेर विकासको काम तीव्र बनाएको आफ्नो सरकारलाई हटाइएको उनको आरोप छ ।

त्यस्तै आईतबार नै दैलेखमा अयोजना भएको चुनावी सभामा अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई हत्याराको आरोप लगाएका छन् । देउवा गृहमन्त्री हुँदा १ सय २२ जना सर्वसाधारणलाई गोली हानी हत्या गरेको उनको जिकिर छ । अध्यक्ष ओलीले नेकपा एमाले जनतामा आतङ्क मच्चाउने पार्टी नभई देशमा विकाश र समृद्धि ल्याउने पार्टी रहेको बताए ।

एमाले देशको स्वाधीन अर्थतन्त्रको लागि बनेको पार्टी भएको उनले दाबी गरेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ७ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१