२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

चुनाव जित्नेमा ढुक्क छुः पम्फा भुसाल



ललितपुर । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले आसन्न प्रतिनिधि सभाको निर्वाचमा आफू विजयी बन्नेमा ढुक्क रहेको बताईन् ।

आईतवार ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी घरदैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । मन्त्री भुसालले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट आफू यसअघि पनि दुई पटक विजयी भइसकेको उल्लेख गर्दै यस पटक पनि विजयी हुनेमा विश्वस्त रहेको बताईन् ।

उनले आफूले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ का जनताको लागि राम्रा कामहरु गरेकाले पराजय भोग्नुपर्ने अवस्था नआउने दाबीसमेत गरिन् । घरदैलो कार्यक्रममा आम मतदाताहरु सत्ता गठबन्धन र विशेषगरी आफूसँग खुशी र सन्तुष्ट रहेको मन्त्री भुसालको भनाई थियो ।

आसन्न निर्वाचनलाई लक्षित गरी विभिन्न क्षेत्रका प्रतिनिधि र प्रदेश सभा उम्मेदवारहरुले आफ्नो प्रचारप्रसारका लागि यतिबेला घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १२ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको