३० आश्विन २०८३, शुक्रबार । October 16, 2026

च्याम्पियन यु–१५ महिला टोली स्वदेश फिर्ता


२७ कार्तिक २०७९, आइतबार  

6
Shares

काठमाडौं । बंगलादेशमा सम्पन्न साफ यु–१५ फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली महिला टोली शनिवार स्वेदश फर्किएको छ ।

आयोजक बंगलादेशलाई अन्तिम खेलमा बराबरी रोकेर समूह तालिकाको शीर्ष स्थानमा रहेर नेपाल च्याम्पियन भएको थियो । च्याम्पियन टोलीलाई शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष दावा लामा, पूर्व प्रशिक्षक हरि खड्का, एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापा लगाएतले स्वागत गरेका थिए ।

भुटान, बंगलादेश र नेपालले मात्र सहभागिता जनाएको प्रतियोगितालाई साफले डबल राउन्ड रोबिन लिगको आधारमा खेलाएको थियो । सोही अनुसार नेपाल अपराजित रहँदै च्याम्पियन भएको थियो । उपाधिको लक्ष्य लिएर बंगलादेश प्रस्थान गरेको नेपालले पहिलो खेलमा भुटानमाथि ७–० को फराकिलो जित निकाल्दा दोस्रो खेलमा आयोजक बंगलादेशलाई १–० ले स्तब्ध बनाएको थियो । दोस्रो भेटमा भुटानमाथि १–० को संघर्षपूर्ण जित निकालेको नेपालले अन्तिम खेलमा बंगलादेशबिरुद्ध १–१ गोलको बराबरी खेलेको थियो ।

सो नतिजा पछि नेपालले चारखेलबाट १० अंक जोड्दै च्याम्पियन भएको थियो भने आयोजक बंगलादेशले ७ अंक मात्र जोडेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १० : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि