५ असार २०८३, शुक्रबार । June 19, 2026

च्याम्पियन यु–१५ महिला टोली स्वदेश फिर्ता


२७ कार्तिक २०७९, आइतबार  

6
Shares

काठमाडौं । बंगलादेशमा सम्पन्न साफ यु–१५ फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली महिला टोली शनिवार स्वेदश फर्किएको छ ।

आयोजक बंगलादेशलाई अन्तिम खेलमा बराबरी रोकेर समूह तालिकाको शीर्ष स्थानमा रहेर नेपाल च्याम्पियन भएको थियो । च्याम्पियन टोलीलाई शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष दावा लामा, पूर्व प्रशिक्षक हरि खड्का, एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापा लगाएतले स्वागत गरेका थिए ।

भुटान, बंगलादेश र नेपालले मात्र सहभागिता जनाएको प्रतियोगितालाई साफले डबल राउन्ड रोबिन लिगको आधारमा खेलाएको थियो । सोही अनुसार नेपाल अपराजित रहँदै च्याम्पियन भएको थियो । उपाधिको लक्ष्य लिएर बंगलादेश प्रस्थान गरेको नेपालले पहिलो खेलमा भुटानमाथि ७–० को फराकिलो जित निकाल्दा दोस्रो खेलमा आयोजक बंगलादेशलाई १–० ले स्तब्ध बनाएको थियो । दोस्रो भेटमा भुटानमाथि १–० को संघर्षपूर्ण जित निकालेको नेपालले अन्तिम खेलमा बंगलादेशबिरुद्ध १–१ गोलको बराबरी खेलेको थियो ।

सो नतिजा पछि नेपालले चारखेलबाट १० अंक जोड्दै च्याम्पियन भएको थियो भने आयोजक बंगलादेशले ७ अंक मात्र जोडेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १० : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा