१७ जेष्ठ २०८३, आइतबार । June 1, 2026

टी–२० विश्वकप क्रिकेटको फाइनल आज,पाकिस्तान र इंग्ल्यान्ड भिड्दै


२७ कार्तिक २०७९, आइतबार  

6
Shares

एजेन्सी। अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्यान्डबीच आइतबार प्रतिस्पर्धा हुदैछ ।

मेलबर्न क्रिकेट मैदानमा नेपाली समय अनुसार खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ । इंग्ल्यान्ड दोस्रो सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल पुगेको हो । पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्याण्डलाई पराजित गरेको थियो । यस विश्वकपमा दुवै टोलीले सिधै सुपर १२ मा स्थान बनाएका थिए । इंग्ल्यान्डले अफगानिस्तानलाई ५ विकेटले हराएर सुपर १२ को सुरुआत गरेको थियो ।

दोस्रो खेलमा आयरल्याण्डसँग डीएल पद्दतीमा ५ रनले पराजित इंग्ल्यान्डले तेस्रो खेल घरेलु टोली तथा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियासँग वर्षाका कारण खेल्न पाएन । चौथो खेलमा न्युजिल्याण्डलाई २० रनले पराजित गरेको इंग्ल्यान्डले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ४ विकेटले हराएको थियो । सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई १० विकेटले पराजित गरेको थियो । यता, पाकिस्तान भने पहिलो खेलमा भारतसँग ४ विकेट तथा दोस्रो खेलमा जिम्बावेसँग एक रनले अप्रत्यासित हार व्यहारेको थियो ।

पाकिस्तानले तेस्रो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेट तथा चौथो तथा महत्वपुर्ण मानिएको चौथो खेलमा दक्षिण अफ्रिकालाई डीएल पद्धतिको आधारमा ३३ रनले पराजित गर्यो । समूह चरणको पाँचौ तथा अन्तिम खेलमा बंगलादेशलाई पाँच विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनल पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरेको थियो ।

टी–ट्वान्टी विश्वकपमा हालसम्म यि दुई देश दुई पटक आमने सामने भएकोमा दुवै पटक इंग्ल्यान्ड विजयी भएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ९ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था