३० बैशाख २०८२, मंगलबार । May 14, 2025

कतार विश्वकपका लागि अर्जेन्टिनाको टोली घोषणा



एजेन्सी । नोभेम्बर २० बाट कतारमा हुने फिफा विश्वकप फुटबलका लागि अर्जेन्टिनाले टोली घोषणा गरेको छ ।

चोटबाट रिकभर हुन प्रयास गरिरहेका एन्जल डि मारिया र पाउलो डिबलालाई समेट्दै २६ सदस्यीय टोली घोषणा गरेको हो । यो विश्वकपलाई स्टार फुटबलर लिओनल मेसीले अन्तिम विश्वकपका रुपमा लिएका छन् । गत वर्ष कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाले यसै वर्ष फिनाल्सियामा युरो च्याम्पियन इटलीलाई पराजित गर्दै विश्वकपको उपाधि दाबेदारको रुपमा उभ्याएको छ।

समूह सी मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियासँग खेल्दै विश्वकप सुरु गर्दैछ । यस समूहमा मेक्सिको र पोल्याण्ड पनि छ । अर्जेन्टिनाको टिममा गोलकिपर एमिलियानो मार्टिनेज, गेरोनिमो रुली, फ्रान्को अर्मानी रहेका छन् । त्यस्तै डिफेण्डर नाहुल मोलिना, गोन्जालो मोनिटेल, क्रिस्टियन रोमेरो, जर्मन पेजेल्लन, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, मार्कोस अकुना, निकोलस ट्याग्लिफिको, जुयन पोयथ छन् ।

मिडफिल्डर रोड्रिगो डे पउल, लिएन्ड्रो परेडेस, एलेक्सिस म्याक अलिस्टर, गुइडो रोड्रिगेज, पपु गोमेज, एन्जो फर्नान्डेज, इजेक्वेल पालासिओस र फरवार्डमा एन्जल डि मारिया, लाउटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जाओक्विन कोरेअ, लिओनल मेसी, पाउलो डिबला लगाएतका खेलाडिहरु रहेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ८ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हङकङसँग ७ विकेटले पराजित भयो नेपाल, ग्लोबल छनोट यात्रा कठिन

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटको आजको खेलमा

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ९ अर्ब नाघ्यो

काठमाडौं । नेपाल शेयर बजार मङ्गलबार पुनः दोहोरो अंकले घट्दै

महिला टी–२० विश्वकप छनोटः नेपालले हङकङलाई दियो ३० रनको लक्ष्य

काठमाडौं । थाइल्यान्डको एआईटी मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप

रोशी खोलाको बाढीले अवरुद्ध बीपी राजमार्ग दुईतर्फी सञ्चालनमा

काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि १५ घण्टा अवरुद्ध

साफ यू-१९ः सेमिफाइनल पुगिसकेको नेपाल र भारत भिड्दै

काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत नेपालले