२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

गठबन्धनलाई बलियो बनाए मात्रै संविधानको रक्षा हुन्छ : भट्टराई



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुने बताएका छन् ।

शुक्रवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवार एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । उनले नेता सिंह देश विकासको लागि सही र सक्षम नेता भएकाले गठबन्धनका उम्मेदवारहरुलाई काठमाडौं १ का मतदाताले जिताउनेमा विश्वस्त रहेको बताए ।

उनले गठबन्धनमा साझा उम्मेदवारहरुले आसन्न निर्वाचन जितेको खण्डमा मात्रै संविधानको रक्षा र प्रतिगमनकारीलाई रोक्न सकिने भएकाले प्रकाशमान लगायत गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे । अध्यक्ष भट्टराईले आफूले संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले गठबन्धन निर्माण गर्नुपरेको उल्लेख गर्दै गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा, सुशासन र राजनीतिक स्थिरता हुनसक्ने दाबी समेत गरे ।

अध्यक्ष भट्टराईले घरदैलो कार्यक्रममा वाम लोकतान्त्रिक गठबन्धनबाट मात्रै विकासले गति लिन्छ भन्ने आम नागरिकको विश्वास रहेको पाइएको बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको