२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

पृथ्वीराजमार्ग विस्तार गर्न ४ सय ६६ रुख काटिने



काठमाडौं । पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ ।

सो क्रममा अब चार सय ६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका चार हजार दुई सय पाँच रुख कटान गरिसकेको छ । आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ । बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको बतनए । “सबै रुख नकाटिन पनि सक्छन्”, उनले भने, “काट्नैपर्ने रुख मात्रै कटान गरेर बचाउन सकिने रुख बचाउनेतर्फ आयोजनाले योजना बनाएको छ ।”

सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बनेका छन् । उक्त सडक खण्डमा दुई हजार चार सय बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनु पर्ने उनले बताए । सडक विस्तारका क्रममा सडकका दायाँबायाँ रहेका घर गोठ भत्काइँदा रु साढे आठ करोड क्षतिपूर्ति वितरण गरिसकेको ढकालले जानकारी दिए । व्यक्तिगत संरचना सात सय ६७ र हाउसहोल्ड आठ सय दश भत्काइएका छन् ।

आइपिएसमार्फत क्षतिपूर्ति रकम भुक्तानी गरिएको छ । आयोजनाबाट विस्थापित भएका, सीमान्तकृत, दलित, आदिवासीलगायतलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनका लागि सबल बनाउने योजना रहेको ढकाल बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ८ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव

जिल्ला स्तरीय विशेष विद्यालय रनिङ शिल्ड प्रतियोगिता रौतहट २०८१ सम्पन्न

रौतहट । रौतहटको श्री बागमती माध्यमिक विद्यालय, गोपालकुटी, चन्द्रपुर-१ मा

च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज, उपाधिका लागि भारत र न्यूजिल्यान्ड भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज हुँदैछ ।