१३ पुस २०८२, आइतबार । December 28, 2025

हिन्दु राष्ट्रको पक्षमा बहस गर्नेलाई मतदान गरौंः विश्व हिन्दु महासंघ



काठमाडौं । विश्व हिन्दु महासंघ, नेपाल राष्ट्रिय समितिले हिन्दु राष्ट्रको पक्षमा बहस गर्न प्रतिवद्धता जाहेर गर्ने उम्मेदवारहरुलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदात गर्न आह्वान गरेको छ ।

महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो आह्वान गरेको हो । हिन्दु धर्मप्रति सद्भाव राख्दै आएका र चुनाव जितेपछि पनि संसदमा हिन्दु राष्ट्रको पक्षमा बहस गर्ने प्रतिवद्धता जनाउने विभिन्न पार्टी र स्वतन्त्रका उम्मेदवारहरुलाई आगामी निर्वाचनमा मतदान गर्न आफूहरुले आह्वान गर्ने निर्णय गरेको महासंघका उपसभापति प्रविण घिमिरेले बताए । महासंघले धर्मप्रति घृणा फैल्याउने तथा धर्म निरपेक्षता र संघीयताको वकालत गर्नेहरुलाई भने निर्वाचनमा मत नदिन आग्रह गरेको छ ।

महासंघले नेपाली जनताको बृहत धार्मिक एकता कायम गरेर धर्म निरपेक्षता र संघीयतालाई परास्त गर्ने चेतावनी समेत दिएको छ । उपसभापति घिमिरेले कृषि, वन, पर्यटन, जलस्रोत र जडिबुटीको परिचालन गरेर १५ वर्ष भित्र ५० लाख युवाहरुलाई देशभित्र रोजगारी दिने प्रबन्ध मिलाउन आफूहरु लागि परेको दावी समेत गरे ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ८ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई