३ आश्विन २०८३, शनिबार । September 19, 2026

हिन्दु राष्ट्रको पक्षमा बहस गर्नेलाई मतदान गरौंः विश्व हिन्दु महासंघ


२४ कार्तिक २०७९, बिहिबार  

6
Shares

काठमाडौं । विश्व हिन्दु महासंघ, नेपाल राष्ट्रिय समितिले हिन्दु राष्ट्रको पक्षमा बहस गर्न प्रतिवद्धता जाहेर गर्ने उम्मेदवारहरुलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदात गर्न आह्वान गरेको छ ।

महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो आह्वान गरेको हो । हिन्दु धर्मप्रति सद्भाव राख्दै आएका र चुनाव जितेपछि पनि संसदमा हिन्दु राष्ट्रको पक्षमा बहस गर्ने प्रतिवद्धता जनाउने विभिन्न पार्टी र स्वतन्त्रका उम्मेदवारहरुलाई आगामी निर्वाचनमा मतदान गर्न आफूहरुले आह्वान गर्ने निर्णय गरेको महासंघका उपसभापति प्रविण घिमिरेले बताए । महासंघले धर्मप्रति घृणा फैल्याउने तथा धर्म निरपेक्षता र संघीयताको वकालत गर्नेहरुलाई भने निर्वाचनमा मत नदिन आग्रह गरेको छ ।

महासंघले नेपाली जनताको बृहत धार्मिक एकता कायम गरेर धर्म निरपेक्षता र संघीयतालाई परास्त गर्ने चेतावनी समेत दिएको छ । उपसभापति घिमिरेले कृषि, वन, पर्यटन, जलस्रोत र जडिबुटीको परिचालन गरेर १५ वर्ष भित्र ५० लाख युवाहरुलाई देशभित्र रोजगारी दिने प्रबन्ध मिलाउन आफूहरु लागि परेको दावी समेत गरे ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ८ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली