२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

काभ्रेमा निर्वाचन तयारी अन्तिम चरणमा



काभ्रे । काभ्रेमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी तयारी अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन सहजीकरणका लागि छ मतदान अधिकृत र छ सहायक मतदान अधिकृत गरी १२ जना मतदान अधिकृत खटाइएको छ भने अन्य सहायकस्तरका कर्मचारीको खटनकार्य पनि अन्तिम चरणमा पुगेको छ । जिल्लामा सबै तहका गरी तीन हजार एक सय १२ कर्मचारी खटाइने जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।

मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले हाल मतपत्र प्याकिङको काम भइरहेको बताउनुभयो । तीन लाख १० हजार ६३ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभाका दुई र प्रदेशसभा चार निर्वाचन क्षेत्र छन् । जिल्लामा तीन सय ८९ मतदान केन्द्रको व्यवस्थापन हुने निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

निर्वाचनको निष्ठा र औचित्य जोगाई निष्पक्ष र मर्यादित चुनाव गराउनका लागि निजामती कर्मचारीलगायत माध्यामिक तहका शिक्षक कर्मचारीलाई समेत निर्वाचनमा खटाइने कार्यालयको भनाइ छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

केपी ओली कपको उपाधि मछिन्द्रलाई

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको छ