१ आश्विन २०८३, बिहिबार । September 17, 2026

काभ्रेमा निर्वाचन तयारी अन्तिम चरणमा


२४ कार्तिक २०७९, बिहिबार  

6
Shares

काभ्रे । काभ्रेमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी तयारी अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन सहजीकरणका लागि छ मतदान अधिकृत र छ सहायक मतदान अधिकृत गरी १२ जना मतदान अधिकृत खटाइएको छ भने अन्य सहायकस्तरका कर्मचारीको खटनकार्य पनि अन्तिम चरणमा पुगेको छ । जिल्लामा सबै तहका गरी तीन हजार एक सय १२ कर्मचारी खटाइने जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।

मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले हाल मतपत्र प्याकिङको काम भइरहेको बताउनुभयो । तीन लाख १० हजार ६३ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभाका दुई र प्रदेशसभा चार निर्वाचन क्षेत्र छन् । जिल्लामा तीन सय ८९ मतदान केन्द्रको व्यवस्थापन हुने निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

निर्वाचनको निष्ठा र औचित्य जोगाई निष्पक्ष र मर्यादित चुनाव गराउनका लागि निजामती कर्मचारीलगायत माध्यामिक तहका शिक्षक कर्मचारीलाई समेत निर्वाचनमा खटाइने कार्यालयको भनाइ छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ