२ कार्तिक २०८३, सोमबार । October 19, 2026

मोरङ ३ को प्रदेश १ मा नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक, मंसिर ४ मै मतदान हुने


२४ कार्तिक २०७९, बिहिबार  

6
Shares

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (१) मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले उक्त दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो । आयोगको निर्णय अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दावी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने छ । जिल्ला निर्वाचन कार्यालयले बिहिबार उम्मेदवारी दर्ता हुने र त्यसमा दावी विरोधलगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ ।

मनोनयन दर्ताको लागि बिहिबार बिहान १० बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिएको छ । त्यसपछि १ बजेदेखि २ बजेसम्म उम्मेदवारको सूची प्रकाशन, २ बजेदेखि ५ बजेसम्म उम्मेदवारीविरुद्ध उजुरी दर्ताको समय तोकिएको छ । उम्मेदवारको योग्यतामाथि जाँचबुझका लागि कात्तिक २५ गते दिउँसो १२ बजेसम्मको समय तोकिएको छ । नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न प्रदान गर्ने काम पनि कात्तिक २५ गते शुक्रबार नै हुनेछ ।

निर्वाचन तालिका हेरफेर भए पनि मतदान भने मंसिर ४ गते नै हुनेछ । मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाश गर्नेसम्मको समय पर्याप्त भएकाले मतदानको मिति हेरफेर नहुने निर्वाचन आयोगले जनाएको छ ।

यस्तो छ निर्वाचन कार्यतालिका

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ८ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि