२० भदौ २०८३, शनिबार । September 5, 2026

नेप्से परिसूचक ३९.१५ अंकले गिरावट


२३ कार्तिक २०७९, बुधबार  

6
Shares

काठमाडौं । सोमवारदेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक बुधवार पनि उच्च अंकले गिरावट भएको छ ।

बुधवार नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अंकले र सेन्सेटिभ इण्डेक्स २.७९ अंकले घटेको छ । बुधवार कारोबारमा आएका २२३ कम्पनीको ३६ लाख ९७ हजार कित्ता शेयर १ अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

बुधवार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । नेप्सेका १३ उपसमूहमा सबै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक ४.७३ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक ३.१८ प्रतिशत घटेको छ भने होटल तथा पर्यटन, जलविद्युत,अन्य, लघुवित्त र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

बुधबार अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ७.४२ प्रतिशत बढेको छ । मिर्मिरे माइक्रोफाइनान्सको शेयरमूल्य २.२२ प्रतिशत बढेको छ । तर यता एक्सेल डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त, उपकार लघुवित्त शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । कारोबार रकमका आधारमा आज नेष्डो समृद्ध लघुवित्तले ६ करोड ७८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ६ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध