१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

ठूला नेताहरुले पहिले नै ‘म्याच फिक्सिङ’गरेः वरिष्ठ अधिवक्ता त्रिपाठी


२३ कार्तिक २०७९, बुधबार  

6
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ठूला नेताहरुले निर्वाचन जित्न पहिले नै ‘म्याच फिक्सिङ’ गरेको बताएका छन् ।

निर्वाचन पर्यवेक्षण समिति नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिप्रेक्षमा हाम्रो निर्वाचन पद्धति र शासकीय प्रवन्ध’ विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले ठूला नेताहरुले निर्वाचन जित्न पहिले नै म्याच फिक्सिङ गरेको बताएका हुन् । उनले मतदाताले आफ्नो चाहनामा मतदान गर्ने अवस्था नरहेको बताए ।

उनले ठूला नेताहरु कसलाई कहाँबाट जिताउने भन्ने पहिले नै पक्का भइसकेकाले नो नट अगेन जति भनेपनि प्रभावकारी नहुने दावि गरे । त्रिपाठीले निर्वाचनपछि पनि देश अस्थिरतामा जाने निश्चित भएको बताए । वरिष्ठ अधिवक्ता त्रिपाठीको समानुपातिक निर्वाचन प्रणालीलाई नेता व्यवस्थापनका लागि मात्रै प्रयोग गरिएको बुझाई छ । उनले निर्वाचन नजित्नेलाई थन्काउनका लागि मात्रै समानुपातिक निर्वाचन प्रयोग भएको टिप्पणी गरे ।

त्यस्तै समानुपातिकको टिकट बिक्री हुने भएकाले लक्षित समुदायले पाउन नसकेको उनले बताए । उहाँले निर्वाचन आयोगको विश्वसनीयतामा गम्भिर प्रश्न उठेको बताए । निर्वाचन आयोगको पञ्चायती मानसिकता रहेको र पञ्चायतकालमा अञ्चलाधीशले गर्नेजस्तो काम आयोगबाट भइरहेको टिप्पणी उनले गरे । संविधान मिचेर अध्यादेशबाट नियुक्त भएका आयुक्तहरु भएकाले उनीहरुलाई संविधान, कानून र लोकतन्त्रको मतलव नभएको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए ।

उनले निर्वाचनमा धेरै पैसा खर्च हुनुले भ्रष्टाचार हुँदैछ भन्ने इंकित गरेको बताउँदै कम खर्चमा स्वच्छ र निष्पक्ष निर्वाचन हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था