१९ फाल्गुन २०८१, सोमबार । March 3, 2025

स्वतन्त्र उम्मेदवारहरु विकल्प दिने औकातसहित आएनन् : अधिवक्ता अर्याल



काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले पार्टीभित्र उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्शन’को व्यवस्था हुनुपर्ने बताएका छन् ।

निर्वाचन पर्यवेक्षण समिति नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिप्रेक्ष्यमा हाम्रो निर्वाचन पद्धति र शासकीय प्रवन्ध’ विषयक अन्तरक्रियामा बोल्दै अधिवक्ता अर्यालले उम्मेदवार छनोट गर्दा पार्टी भित्र ‘प्राइमरी इलेक्शन’ गर्ने व्यवस्था हुनुपर्ने बताएका हुन् ।

उनले दलहरुलाई ‘प्राइमरी इलेक्शन’ का लागि निर्वाचन आयोगले निर्देशन नै दिनुपर्ने बताए । यस्तो व्यवस्थाले संविधान र कानून नमिचिने उनले उल्लेख गरे । आयोगले पार्टीले यस्तो नगर खण्डमा पार्टीको नेतृत्वलाई दण्डित गर्न सकेमा यो व्यवस्था लागू हुने उनले बताए । अधिवक्ता अर्यालले निर्वाचन आयोग स्वतन्त्र हुन नसकेको बताए । आयोगले कतिपय निर्णयहरु दलका ठूला नेताहरुलाई हेरेर गर्ने गरेको आरोप समेत लगाए ।

उनले समानुपातिक निर्वाचनको टिकट पैसा हुनेलाई मात्रै दिने गरिएको बताए । उनले स्वतन्त्र उम्मेदवारहरु पानीको फोकाजस्तै भएको भन्दै उनिहरु निर्वाचनमा होमिएपनि विकल्प दिने औकातसहित नआएका बताए । । साना पार्टीहरु पनि अन्ततः अवसानतिर जानसक्ने उनको भनाई छ । लक्ष्यविहीन स्वतन्त्रहरु बढी भएमा लोकतन्त्र, निर्वाचन प्रणाली र स्थिरतालाई असर पार्ने उनले बताए ।

उनले निर्वाचन आयोगले तोकेको खर्च सीमा लागू हुन नसकेको बताउदै खर्चिलो निर्वाचन प्रणालीका कारण पैसावाला मात्रै प्रत्यक्ष राजनीतिमा संलग्न हुने अवस्था आएको धारणा राखे ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका

२ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम