८ आश्विन २०८३, बिहिबार । September 24, 2026

बैंकले फिर्ता गर्न थाले ब्याज


२३ कार्तिक २०७९, बुधबार  

9
Shares

काठमाडौं । नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैङ्कले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि वाणिज्य बैङ्कहरूले फिर्ता गर्न सुरु गरेका छन् ।

राष्ट्र बैङ्कले ११ वाणिज्य बैङ्कलाई त्यसरी असुलेको एक अर्ब ८५ करोड रुपियाँ ऋणीलाई फिर्ता गर्न निर्देशन दिएको थियो । एकीकृत निर्देशनको ब्याजसम्बन्धी व्यवस्था मिचेर विभिन्न वाणिज्य बैङ्कले ब्याजमा प्रिमियम थप गरेको पाइएपछि त्यस्ता बैङ्कलाई थपिएको प्रिमियमबापतको रकम फिर्ता गर्न केन्द्रीय बैङ्कले निर्देशन दिएको हो । राष्ट्र बैङ्कका प्रवक्ता डा। गुणाकर भट्टका अनुसार हालसम्म ११ वाणिज्य बैङ्कलाई १ अर्ब ८५ करोड रुपियाँ फिर्ता गर्न निर्देशन दिइसकिएको छ ।

उनका अनुसार सम्बन्धित बैङ्कले रकम फिर्ताको प्रक्रिया सुरु गरिसकेका छन् । “हामीले निर्देशन दिएका सबै वाणिज्य बैङ्कहरूले रकम फिर्ता प्रक्रिया सुरु गरेको जानकारी गराएका छन्,” उनले भने । नियमविपरीत ब्याजको प्रिमियम बढाएर लिएको रकम फिर्ता नगरे कारबाही गर्ने स्पष्ट निर्देशन दिएकाले पनि बैङ्कहरूले फिर्ता प्रक्रिया सुरु गरेका हुन् ।

मियमबापतको ब्याज फिर्ता गर्नुपर्ने बैङ्कहरूको नाम भने राष्ट्र बैङ्कले सार्वजनिक गरेको छैन । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको