२५ फाल्गुन २०८१, आइतबार । March 9, 2025

भूकम्पले घर भत्काउँदा डोटीमा ६ जनाको मृत्यु



डडेल्धुरा । भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ ।

गए रातिको भूकम्पले घर भत्किँदा पूर्वीचौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता र सात वर्षीय छोरा हर्क रहेको जिल्ला प्रहरी कार्यालय डोटी जानकएको छ । यस्तै ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि मृत्यु भएको छ ।

भूकम्पले घर भत्काउँदा सोही वडाका ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया विष्णादेवी बोहरा, ४६ वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा घाइते भएका र उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
भूकम्पले जिल्लाका अन्य स्थानमा समेत भौतिक क्षति भए पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । मंगलबार राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसैगरी राति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशसहित कर्णाली प्रदेशका केही जिल्लामा समेत महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले यो गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ६ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिल्ला स्तरीय विशेष विद्यालय रनिङ शिल्ड प्रतियोगिता रौतहट २०८१ सम्पन्न

रौतहट । रौतहटको श्री बागमती माध्यमिक विद्यालय, गोपालकुटी, चन्द्रपुर-१ मा

च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज, उपाधिका लागि भारत र न्यूजिल्यान्ड भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज हुँदैछ ।

पीएम कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट आजदेखि, खेल लुम्बिनीका ३ रंगशालामा हुँदै

रुपन्देही । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट

पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु

चितवन । पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

आजको विनिमयदरः युरोको मूल्यमा नयाँ रेकर्ड, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको