२३ फाल्गुन २०८२, शनिबार । March 7, 2026

भूकम्पले घर भत्काउँदा डोटीमा ६ जनाको मृत्यु


२३ कार्तिक २०७९, बुधबार  

24
Shares

डडेल्धुरा । भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ ।

गए रातिको भूकम्पले घर भत्किँदा पूर्वीचौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता र सात वर्षीय छोरा हर्क रहेको जिल्ला प्रहरी कार्यालय डोटी जानकएको छ । यस्तै ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि मृत्यु भएको छ ।

भूकम्पले घर भत्काउँदा सोही वडाका ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया विष्णादेवी बोहरा, ४६ वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा घाइते भएका र उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
भूकम्पले जिल्लाका अन्य स्थानमा समेत भौतिक क्षति भए पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । मंगलबार राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसैगरी राति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशसहित कर्णाली प्रदेशका केही जिल्लामा समेत महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले यो गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ६ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по