१६ बैशाख २०८२, मंगलबार । April 29, 2025

सकियो खग्रास चन्द्रग्रहण



काठमाडौं । खग्रास चन्द्रग्रहण सकिएको छ ।

नेपाली पञ्चाङ्गअनुसार आज (कात्तिक २२ गते मंगलवार) साँझ ५ः११ मा शुरू भएको ग्रहण बेलुका ६ः३४ मा सकिएको हो । अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण नेपालबाट स्पष्ट देखिएको थियो । सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एशिया, अस्ट्रेलियाबाट समेत देखिन्छ ।

चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिनुलाई नै चन्द्रग्रहण भन्ने गरिन्छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिएको थियो भने बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन भएको थियो । नेपालबाट ग्रहण एक घण्टा २३ मिनेट देखिएको छ ।

चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ७ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा गिरावट, फाइनान्स क्षेत्रका कम्पनीहरूको वृद्धि

काठमाडौं । नेपाली सेयर बजारमा सोमबार परिसूचक र कारोबार रकममा

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो

सङ्खुवासभामा चट्याङका कारण १७ भैँसी मरे

सङ्खुवासभा । मकालु गाउँपालिका–३ को कालोपातलमा वर्षासँगै आएको चट्याङका कारण

चिनियाँ भाषा सिक्न आएका इन्जिनियर सापकोटाको संघाइमा मोडिएको जिन्दगी

इन्जीनियरीङ क्याम्पसमा अध्यापन गरिरहेका इन्जीनियर अनन्त सापकोटा चिनियाँ भाषा सिक्ने

शिक्षक संघर्ष जारीः अवस्था झन झन जटिल बन्दै

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूको प्रदर्शन काठमाडौंमा