२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सोमबार नेप्से परिसूचक ६ दशमलव ४३ अंकले गिरावट


२१ कार्तिक २०७९, सोमबार  

6
Shares

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमवार नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।

सोमवार नेप्से परिसूचक ६ दशमलव ४३ अंकले घटेर १९५८ दशमलव ९४ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २ दशमलव १९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ० दशमलव ३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ८९ अंक घटेको छ । सोमवार कारोबारमा आएका २२४ कम्पनीको ४९ लाख ४४ हजार कित्ता शेयर २ अर्ब १० करोड ९१ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्से परिसूचकमा गिरावट आएपनि २ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ । नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा बढी १ दशमलव ०६ प्रतिशत बढेको छ भने जीवन बीमा, लगानी, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ । त्यस्तै विकास बैंक, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

सोमवार धौलागिरी लघुवित्तको शेयरमूल्य ८ दशमलव १३ प्रतिशत बढेको छ भने जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य यसदिन करिव ७ प्रतिशत बढेको छ । तर यता, ग्लोवल आइएमई लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेको छ । सोमवारको कारोबारमा शेयर मूल्य बढ्ने र घट्ने सबै लद्युवित्तहरु रहेका छन् ।

सोमबार कारोबार रकमका आधारमा जाल्पा लघुवित्तको १५ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ