२ जेष्ठ २०८२, बिहिबार । May 15, 2025

देशको संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरी : पर्यटनमन्त्री श्रेष्ठ



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले देशको संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरी रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित ‘रानी माया’ गीतको भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि प्रकृति, संस्कृति र शाहसिक खेलहरुको विकास गर्न जरुरी रहेको पनि बताए । उनले नेचर, कल्चर र एड्भान्चरलाई केन्द्रित गरेर नेपालले पर्यटन क्षेत्रको विकास गर्न आवश्यक भएको उल्लेख गरे ।

उनले मन्त्रालयले प्रकृति, संस्कृति र शाहसिक खेलहरुलाई मध्यनजर गरेर पर्यटन विकासका लागि काम अघि बढाइरहेको पनि बताए । देशको पर्यटन विकासका लागि सिनेमा, गीतको भिडियोहरुमा नेपालमा नै रहेका मौलिकता झल्काउने ठाउँको प्रयोग गर्न आवश्यक रहेको उनको भनाई थियो । कार्यक्रममा महानायक राजेश हमालले रानी माया गीत हरेक दर्शकहरुका लागि मनोरञ्जन दिने सन्देशमुलक गीत रहेको बताए ।

‘रानी माया’ बोलको गीत ढाका टोपी फिल्म्सको प्रश्तुतिमा सार्वजनिक भएको हो । जिबी आग्रीको निर्देशनमा रहेको गीत श्रीकृष्ण बम मल्लको शब्द र कृष्ण बिकको संगीत छ । साथै गीतमा कृष्णलाई समीक्षा अधिकारीले स्वरमा साथ दिएकी छन् । ११ मिनेट लामो गीतमा गायक बिक र अनु आचार्यको अभिनय छ ।

गीतको छायांकन सञ्जय लामाले गरेका छन् भने कोरियोग्राफी कविराज गहतराजको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खसीको नाममा बाख्रीको मासु बेच्ने पक्राउ

बुटवल । बुटवल उपमहानगरपालिका–१ जितगढीका मेराज शाहलाई खसीको मासुको नाममा

गाजामा इजरायली आक्रमण: ८० जनाभन्दा बढीको मृत्यु

एजेन्सी । उत्तरी गाजामा इजरायली सेनाले मङ्गलबार राति र बुधबार

सतुंगलको कपडा पसलमा भीषण आगलागी, ६ दमकलको प्रयासपछि नियन्त्रणमा

काठमाडौं । चन्द्रागिरि नगरपालिका–११, सतुंगल चोकस्थित एक व्यवसायिक कम्प्लेक्समा आज

युट्युब हेरेर सीप सिकिन्, महिनामा ६० हजार कमाउने उद्यमी बनिन् बसन्ती

कञ्चनपुर । कञ्चनपुर, पुनर्वास–३ की बसन्ती चन्द अब घर खर्चका

काठमाडौंमा चिनियाँ उपाध्यक्ष सियाओ: सगरमाथा संवाददेखि सांस्कृतिक यात्रासम्म

काठमाडौं । नेपाल – चिनियाँ राष्ट्रिय जनकंग्रेसको स्थायी समिति उपाध्यक्ष