२ बैशाख २०८३, बुधबार । April 16, 2026

‘गड्स बफेलोले’ ले पायो ‘स्पेशल जुरी मेन्सन अवार्ड’


२० कार्तिक २०७९, आइतबार  

6
Shares

काठमाडौं । क्यानाडामा आयोजित बान्फ फिल्म फेस्टिबलमा सञ्चारकर्मी एवं छायाँकार विष्णु कल्पितले तयार पारेका नेपाली वृत्तचित्र ‘देउताको भैँसी’ (गड्स बफेलो) ले ‘स्पेशल जुरी मेन्सन अवार्ड’ प्राप्त गरेको छ ।

मेलम्चीको बाढीमा बगाएको भैँसीको बारेमा बनाइएको सो वृत्तचित्रले यसअघि पनि विभिन्न फिल्म फेस्टिबलमा अवार्ड पाएको थियो । क्यानाडाको अल्बेटामा जारी फिल्म फेस्टिबलमा महत्वपूर्ण अवार्ड जित्न सफल भएको सञ्चारकर्मी एवं छायाँकार कल्पितले जानकारी दिए । उक्त फेस्टिबल अक्टोबर २९ देखि आजसम्म जारी छ ।

यसअघि सो वृत्तचित्रले सिपोन्टम आर्टहाउस इन्टरनेसनल फिल्म फेस्टिबलमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड प्राप्त गरेको थियो । यसअघि लन्डन माउन्टेन फिल्म फेस्टिबलमा छनोटमा परेको यो डकुमेन्ट्रीले काठमाडौं माउण्टेन फिल्म फेस्टिबल (किम्फ) मा उत्कृष्ट डकुमेन्ट्री अवार्ड प्राप्त गरेको थियो । यस्तै, इसीमोड माउन्टेन फिल्ममा उत्कृष्ट वृत्तचित्रको उपाधि प्राप्त गरेको थियो ।

इण्डियन फिल्म फेस्टिबल अफ मेलबर्नको छनोटमा परेको सो वृत्तचित्रले द भिजन फिस्ट फिल्म फेस्टिबलमा समेत त्यसले महत्वपूर्ण स्थान हासिल गरेको थियो । कूल १४ मिनेट लामो यो डकुमेन्ट्री अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल एनिमल फ्याबुला, वनअर्थ अवार्ड, कलामता मन्थली इन्टरनेसनल डकुमेन्ट्री फेस्टिबलमा छनोटमा परेको थियो । निर्देशक कल्पितका अनुसार २०७७ असारमा मेलम्चीमा रिपोर्टिङमा जाने क्रममा जाँदा यो वृत्तचित्र खिचेका थिए ।

“बाढीबाट आहत भएका स्थानीयवासीको समाचार सङ्कलन गर्न मेलम्ची पुग्दा त्यहाँ स्थानीयवासीले प्रेसको गाडीलाई रोकेका थिए । बुझ्दा खेरी बाढीमा बगाएर आएको भैँसीलाई बचाउनेले रु एक लाख मागेको देखेँ”, उनले भने, “त्यही भैँसीको मालिक होमानसिंह शिवभक्ति पैसा दिन नसकेर रुँदै हुनुहुन्थ्यो । त्यो देखेर मैले त्यसै भिडियो खिच्न थालेँ । त्यतिबेला डकुमेन्ट्री बनाउने पनि सोचेको थिइनँ ।”

वृत्तचित्र नै बनाउने नसोचेको भए पनि हाल देश विदेशमा उक्त वृत्तचित्रले राम्रै चर्चा परिचर्चा पाएको र नेपालको नाम समेत राखेको कल्पितको भनाइ छ । भैँसी जोगाउनका लागि स्थानीयवासी भीमसेन माझीले रु एक लाख मागिरहेका थिए । होमानसिंहसँग त्यत्रो पैसा थिएन । यही विषयलाई वृत्तचित्रमा समावेश गरिएको छ ।

छयालिस वर्षदेखि विभिन्न फिल्म फेस्टिबल आयोजना गर्दै आएको बान्फ फिल्म फेस्टिबलमा उक्त वृत्तचित्र चयन हुनु नै नेपाल र नेपाली चलचित्र उद्योगका लागि खुसीको कुरा भएको कल्पितको भनाइ छ । नेपालको पर्यटन प्रवद्र्धनका लागि यसले महत्वपूर्ण योगदान दिने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व