४ असार २०८३, बिहिबार । June 18, 2026

उपाध्यक्ष र केन्द्रीय सदस्यलाई समाजवादी प्रेस संगठनले गर्‍यो कारबाही


२० कार्तिक २०७९, आइतबार  

6
Shares

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा संगठनको हित प्रतिकूल गतिविधि गरेको भन्दै दुई नेतालाई कारबाही गरेको छ ।

आइतबार सम्पन्न संगठनको सचिवालय बैठकले संगठनको हित प्रतिकूल गतिविधि गरेको भन्दै उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज विकास बन्जाडे र केन्द्रीय सदस्य भरत शर्मालाई कारबाही गरेको हो । संगठनका महासचिव भूपराज खड्काद्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा संगठनको हित प्रतिकूल गतिविधि गरेका कारण बन्जाडे र शर्मालाई कारबाही गरी संगठनका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ । संगठनले विज्ञप्तिमार्फत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा पाँच दलीय वाम-लोकतान्त्रिक गठबन्धन पक्षीय उम्मेदवारको पक्षमा गर्नुपर्ने प्रचार कामलाई अगाडि बढाउने निर्णय गरेको समेत जानकारी गराएको छ ।

त्यसैगरी, विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका हकमा गठबन्धन पक्षधर अन्य पत्रकार संगठनबीच आपसी समन्वय गर्ने र साझा ढंगले प्रचारका काम अगाडि बढाउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । संगठनले नागरिक दैनिकमा प्रकाशित कार्टुनको विषयलाई लिएर प्रेस काउन्सिलले २४ घन्टे स्पष्टीकरण सोधेकोप्रति आपत्ति जनाएको छ । काउन्सिलले सोधेको उक्त स्पष्टीकरण विचार तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाको पक्षमा नरहेको संगठनको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा