२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

एमालेलाई निर्वाचन जित्न कसैले रोक्न सक्दैनः ओली



धादिङ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले निर्वाचन जित्नुपर्ने बताएका छन् ।

नागढुंगा सुरुङमार्गको अवलोकन गर्न आइतबार आइपुगेका एमाले अध्यक्ष ओलीले खत्री पौवामा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै धादिङको विकासका लागि एमालेले जित्नै पर्ने बताए । आफू प्रधानमन्त्री भएको बेला गरिएको सुरुङ बनाउने निर्णयले देश सुरुङ निर्माण युगमा प्रवेश गरेको उनको भनाइ थियो । चीनदेखि भारत जोडिने अन्तर्राष्ट्रिय राजमार्ग धादिङको क्षेत्र नम्बर १ मा पर्ने भएकाले विकासको यो निर्माण गर्ने जिम्मा एमालेले लिएको उनले बताए ।

धादिङको समस्याका रूपमा रहेको श्री ५ को बायुगुठी समस्या समाधान गर्न आफू लाग्ने उल्लेख गर्दै अध्यक्ष ओलीले सडक निर्माणका कारण दुर्गम भन्ने गरिएको धादिङ अब दुर्गम नरहेको बताए । उनले धादिङमा एमालेले जित्ने र एमालेको आधिकारिक उमेदवार प्रतिनिधिसभा क्षेत्र नम्बर १ को सदस्य भूमि त्रिपाठी र क्षेत्र नम्बर १ को (१) को प्रदेशसभा सदस्यमा रमेश आचार्य रहेकाले धादिङका कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरे ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको