३ आश्विन २०८३, शनिबार । September 19, 2026

निर्वाचनमा तिन दिन सिमा नाका बन्द हुने


२० कार्तिक २०७९, आइतबार  

6
Shares

रुपन्देही । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ ।

नेपाल र भारतका सुरक्षा अधिकारीबीच शनिबार भैरहवामा भएको वैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म दुवै पक्षबाट नाका बन्द गर्ने निर्णय गरेको हो । ‘विगतका आम चुनावमा जस्तै यसपटक पनि ७२ घण्टा नाका सिल गर्ने निर्णय हो । बैठकले सीमावर्ती क्षेत्रमा दुवै पक्षबाट कानुनको परिपालना गराउने, सबै प्रकारका गैरकानुनी कार्यहरू नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने, सीमा क्षेत्रमा हुने हातहतियारको तस्करी, जाली नोट नियन्त्रणलगायतका साझा सवालहरुका विषयमा निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहिले जानकारी दिएको छ ।

बैठकमा रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिम तथा भारतको सिद्धार्थनगर, महाराजगंजका सुरक्षा अधिकारीहरू सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ