११ जेष्ठ २०८३, सोमबार । May 25, 2026

प्रधानमन्त्री कप क्रिकेट

शनिबार भएको खेलमा जित निकाल्दै एपिएफ सेमिफाइनलमा


१९ कार्तिक २०७९, शनिबार  

18
Shares

काठमाडौं । कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्दै विभागीय टोली एपिएफ प्रधानमन्त्री कप क्रिकेटका सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिवार भएको खेलमा एपिएफले कर्णालीलाई ४४ रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । एपीएफले दिएको २ सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ९० रन मात्र बनाउन सक्यो । कर्णालीका लागि रविन्द्र शाहीले ८० रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै विपिन शाहीले ३४ रन जोड्दा अर्जुन घर्तीले २४ तथा दिनेश अधिकारीले २० रन बनाए । एपीएफका मौसम ढकालले ४ विकेट लिए भने कमल ऐरी र भुवन कार्कीले दुई दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले आसिफ शेखको शतकीय पारीको सहयोगमा ४७ ओभर २ बलमा अलआउट हुँदै २ सय ३४ रन बनाएको थियो । १ सय ३६ बलको सामना गरेका आसिफले १५ चौका र एक छक्का प्रहार गरेका थिए ।

यस्तै भुवन कार्कीले २३ रन जोड्दा प्रदीप ऐरीले २० रन बनाए । कर्णालीका दीपेन्द्र रावत र प्रकाश जैसीले तिन तिन विकेट लिए । यस जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेर अन्तिम चारमा स्थान पक्का गरेको हो । प्रतियोगिता अन्तर्गत शनिवार मुलपानी मैदानमा सम्पन्न खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई ९२ रनले पराजित गरेको छ । मधेसले दिएको २ सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४९ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ६७ रन बनाउन सक्यो ।

जवाफी ब्याटिङ गरेको लुम्बिनीका लागि विशाल विक्रम केसीले सर्वाधिक ३४ रनको पारी खेल्दा कृष्ण कार्कीले ३१, सन्दिप रिजालले २३ र बसिर अहम्मद तथा मोहम्मद हुसेनले समान १५ रनको पारी खेलेका थिए । लुम्बिनीको इनिङलाई सस्तैमा रोक्ने क्रममा मधेसका राजेश यादव र प्रदीप पासवानले समान तिन तिन विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेसले ४८ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय ५९ रन बनाएको थियो । ओपनर सन्तोस कार्की र हरिशंकर शाहले अर्थसतकीय पारी खेले । सन्तोषले ५० रन बनाउँदा हरिशंकर शाहले ७६ रनको व्यक्तिगत स्कोर बनाएका थिए । यस्तै अनिल साहले पनि अर्धसतकीय पारी खेल्दा विवेक यादवले २१, मोहम्मद आदिल अलामले १२ रन जोड्नु बाहेक अन्यले राम्रो स्कोर बटुल्न सकेनन् ।

मधेसको सबै विकेट निकाल्ने क्रममा कृष्ण कार्कीले सर्वाधिक ३ विकेट हात पारे ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ६ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली